विश्व

अमेरिकाको ५० राज्यमध्ये १९ मा कोरोना संक्रमण घट्यो

  • एजेन्सी
  • ५ जेठ सोमबार, २०७७ | ०८:५८:०० मा प्रकाशित

वाशिंगटन । अमेरिकाको ५० राज्यमध्ये १९ मा कोरोना संक्रमण घटेको छ । तीन राज्यमा संक्रमणको दर बढि छ भने अन्यको अवस्था स्थिर छ ।

जुन राज्यमा संक्रमण दर कम भएको छ त्यसमा न्यूयोर्क, मैसाचुसेट्स, हवाई र अलास्का प्रमुख छन् । उता न्यू ओरलिनसमा जहाँ अप्रिलमा दैनिक सैकडौँ मामला आइरहेका थिए, त्यहाँ संक्रमण अब दैनिक ५० भन्दा कम आइरहेका छन् ।

सोमबारबाट पुनः मासु पसल खुल्नेछन् । सैकडौँ कर्मचारी काममा फर्कनेछन् । दुइतिहाई अमेरिकीले अवस्था सुधार भएको बताइरहेका छन् । देशका ३० राज्यमा लकडाउनमा ढिलाई गरिएको थियो । यसमध्ये ५ राज्यमा अहिले पनि कडा लकडाउन छ ।

अहिलेसम्म अमेरिकामा कोरोनाबाट मृतकको संख्या ९० हजार नाघेको छ ।
 

एजेन्सी

तपाईँको मत