प्रेरणा

कोरोनासँग बच्न रेष्टुरेन्टले बनाइरहेका छन सामाजिक दुरीका रोचक तरिका (तस्विरसहित)

श्वेरिन/स्टकहोम/रिचमंड । कोरोनाभाइरसले हाम्रो जीवनशैलीलाई परिवर्तन गरिदिएको छ । साथै सामाजिक दुरीको बारेमा राम्ररी ज्ञान दिलाएको छ । केहि देशमा लकडाउनको असर सकिँदैछ । रेष्टुरेन्ट र पसलपनि खुल्न थालेका छन् । यो कुरालाई मध्येनजर गर्दै दुनियाँका  रेष्टुरेन्टहरु आ-आफ्नो तरिका अपनाइरहेका छन् ताकि सामाजिक दुरी होस् ।

जर्मनीः सोशल डिस्टेसिंग क्याप लगाएर ग्राहकलाई बसाइएको छ

श्वेरिन । यहाँका क्याफे कोंडिटोआई ओथेमा ग्राहकलाई सामाजिक दुरी क्याप (टोपी) लगाइरहेका छन् ।सोशल डिस्टेंसिंग राम्रोसँग पालना होस् भनेर यसो गरिएको छ । क्याफे संचालकले स्वीमिंग पूल नूडल्सबाट विशेष हेडगियर टोपी बनाएका छन, जसलाई ग्राहकको कुर्सीमा बस्नुभन्दा अघि लगाइन्छ ।

स्वीडेनः डोरीले बाँधेर टोकरीबाट टेबलसम्म खाना पुर्याइरहेका छन्

स्टकहोम । स्वीडेनले यो रेष्टुराँको नाम ‘टेवल फर वान’ राखेको छ । यहाँ एउटा टेबलमा केवल एक व्यक्ति बस्न सक्छन् । खानालाई ग्राहकको टेवलमा पुर्याउनको लागि यो अनौठो तरिका अपनाइएको छ । डोरीले टेबलसम्म बाँधिएको छ, जहाँ एक टोकरी झुण्डिएको छ ।

अमेरिकाः ग्राहकलाई साथ दिनको लागि डमी बसाइएको छ

रिचमंड । अमेरिकाको भर्जिनियामा एक रेष्टुराँको सिट भर्नको लागि डमीलाई बसाइएको छ ताकि सामाजिक दुरीको पालना गर्न सकियोस् । यहाँ यस्तो योकारण गरिएको छ कि पहिलो चरणमा ५० प्रतिशत रेष्टुराँ खोलिनेछ । एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत