स्वास्थ्य

विश्व स्वास्थ्य संगठनले भन्यो- कोरोनाभाइरस सायद कहिल्यै सकिँदैन, दुनियाँले यससँगै जिउन सिक्नुपर्छ

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आपतकालिन कार्यक्रमका प्रमुख डा. माइक रेयानले कोरोना कहिल्यै अन्त्य नहुने विरामी बन्न सक्ने र दुनियाँले योसँगै जिउन सिक्नुपर्ने बताएका छन् । उनले भने— एचआईभी पनि अहिलेसम्म सकिएको छैन, तर हामी त्योसँगै बाँचिरहेका छौँ ।

डा. रेयानले भने, ‘म यी दिनमा विरामीको तुलना गरिरहेको छैन तर हामीले हकिकत सम्झनु पर्दछ । कोहि यसको अंदाज लगाउन सक्दैन कि कोरोना महामारी कहिले सकिन्छ ।’

संक्रमणको दर तल्लो स्तरसम्म पुगेमात्र बन्दाबन्दी हटाउनुहोस्

डब्लूएचओका अनुसार संक्रमणको नयाँ केश आइरहे र लकडाउन हटाए झनै फैलन्छ । यो कुराको संभावना पनि छ कि दोस्रोपटक लकडाउन गर्नु पर्ने हुनसक्छ । जब नयाँ केशको दर तल्लो स्तरमा नआइन्जेल लकडाउन हटाउनु हुन्न । यस्तो स्थितिमा जब तपाईं बन्दाबन्दी हटाउनुहुन्छ तब संक्रमणको झनै खतरा हुन्छ । संक्रमण बढ्दैगर्दा तपाईंले बन्दाबन्दी हटाए झनै चाँडो संक्रमण फैलन सक्छ ।

भ्याक्सिन प्रभावकारी हुनु जरुरी

रेयानका अनुसार कोरोना भ्याक्सिन आएपछि पनि यसको असर रहिरहन्छ । मीजल्स जस्तो रोगको भ्याक्सिन भएरपनि विरामी समाप्त भएका छैनन् । कोरोनाको १०० वढि भ्याक्सिनमा काम चलिरहेको छ तर यो धेरै नै प्रभावकारी हुनु पर्दछ । यो सबैको लागि सहज उपलब्ध हुनुपर्छ । एजेन्सीको सहयोगमा 
 

गाउँ सहर डेस्क

तपाईँको मत