दृष्‍टिकोण

लकडाउन जति लम्बिँदै उति संक्रमित बढ्दै, सरकारकाे काउन्टडाउन सुरू भएकै हाे ?

काठमाडाैँ । काेराेनाकाे कहरसँगै हाम्राे ढिकुटी रित्तियाे, कर छुट गर्न सकिन्न, राहत बाँड्दा र सामाग्री किन्दा पैसा सकियाे यति खर्ब । यी शब्दहरू सरकारका पछिल्ला अभिव्यक्ति बनेर आएका छन् । जनता नचाहेरै पनि यी कुरा सुन्दा छन् किनकी काेराेनाले सबै घरमा थुनिएका छन् ।

जनताले बाेलेका छैनन भनेर सरकारले साेच्नु कदापी सत्य हाेइन, बन्दाबन्दीले केवल सञ्जालमा मात्र पीडा पाेख्दै बसेका छन् जनता । यतिबेलै भारतले सीमाहुँदै सडकै उद्घाटन गर्दा सरकार काेराेना किटकाे जाेहाेमा विमानस्थलमा हात मिलाइरहेकाे छ । देशकाे जमिन खाेतलिँदा सरकारलाई थाहै छैन ।

काेराेनाकाे किट नभएर परीक्षण राेकिएका स्थानहरू धेरै छन देशभित्र । बल्ल केहिहजार किट आएकाे छ अब त पूर्याउला डिसेम्बरसम्म । लकडाउनकाे ४६ औँ दिनसम्ममा देशमा १०९ संक्रमित पूगेका छन् । पीसीआर प्रविधिबाट परीक्षण अत्यन्तै कम दरमा छ । लकडाउन नाममात्रकाे केहि खुकुलाे गरिएपनि सर्वसाधारणकाे पहुँचभन्दा टाढा छ ।

लकडाउन गरेर सरकारले तयारी गर्नुपर्ने कुराहरूमा चुकेकाे स्पष्ट हुँदाहुँदै पनि लकडाउनकाे अवधि बढेकाे बढ्यै छ । हुँदा हुँदा जति लकडाउन थपिँदैछ उति नै संक्रमित बढ्दै गएका छन् । साँच्चै सक्छ र जनतालाई सुरक्षित नै बनाउने हाे भने भ्याक्सिन नआइन्जेल लकडाउन गर सरकार, उनीहरूकाे आवश्यकता पूरा गर । नत्र अहिलेमात्र र ति व्यक्तिमा मात्र देखिन्छ काेराेना भन्दै जून भजन र कार्य गर्दैछाैँ त्याे गलत छ । नत्र लकडाउनभित्र जीवन सहज बनाउने नियमसँग परिचित बनाउँदै जानू उपयुक्त हाेला ।

अधिकारकर्मी, सर्वसाधारण अनि हुँदाहुँदा संसदमै प्रधानमन्त्रीकाे राजिनामा मागिएकाे छ । सरकारका काम कारवाहि दुईकाैडिकाे पनि नभएकाे भन्दै शुक्रबार संसदमा सांसद राजेन्द्र महताेले भने जसकाे सर्वत्र ताैलदार भाषण भनिएकाे छ । पूर्वप्रधानमन्त्रीले सीमालगायत काेराेनासँगकाे तयारी अनि उमेर र राेगका कारण सरकारकाे काम राम्राे नभएकाे भन्दै प्रधानमन्त्रीकाे राजिनामा मागे । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले पनि सरकारले राम्राेसँग काम गर्न नसकेकाे बताइसकेका छन् । याे परिपेक्षमा पक्कैपनि राम्ररी काम गर्न नसकेकाे हाे कि भन्ने कुरा सरकारले सुन्न चाहिरहेकाे देखिन्न ।

याे वैश्विक महामारीले कसैलाई अछुताे राखेकाे छैन । धन्न भन्नुपर्छ, भाइरसकाे साेझाे हावा नेपाल आएन र हाताहात भएकाे अवस्था छैन । घुमेर आएकाे भाइरसकाे असरपनि घटेकाे छ र हामी अझैसम्म सुरक्षित रहन सकेका छाैँ । केवल प्यारासिटामाेलले परिणाम नेगेटिभ ल्याउन सफल भएका छाैँ । तर यसकाे प्रभाव भ्याक्सिन नबनिन्जेल र उपलब्ध नभइन्जेलसम्म नै छ र खतरापनि उत्तिकै छ । याे अवस्थामा जुन चरणमा थियाे सरकार त्याे चरणबाट माथि उक्लन सकेन । फलत्ः लकडाउन बढेकाे बढ्यै छ अनि संक्रमित पनि बढेका बढ्यै छन् ।

हुन त सरकारै धेरै छन अहिले मुलूकमा, केन्द्रदेखि स्थानीयसम्म । स्थानीय सरकारहरू तातेका देखिन्छन तर केन्द्र रनक्क तात्याे अनि सेलायाे । उपत्यका बाहिर स्थानीय क्षेत्रमा गाउँपालिका तथा नगरले राहत बाँडेका छन, पुग्नेगरी दिएका छन् । तर सहर भनाउँदाहरूमा खै राहत र पुग्नेगरी खाना, काेठाभाडा, कर तिरिदियाे सरकारले ? कसैलाई साेध्याे भात खान पाएका छाैँ भनेर ? अहिलेसम्म छैन र त्याे आशा हराइसकेकाे छ ।

सरकारले लकडाउन गरेर गर्नुपर्ने तयारी नगरेकाे स्वास्थ्यकर्मीले नै बताईरहँदा पनि सरकारले कानमा तेल हालेर बस्याे/बसेकाे छ । अवस्था गरेकाे जस्ताे मात्र छ भनिरहँदा पनि नसुने झैँ गर्याे सरकारले । रैपनि पाङ्ग्रै नभएपनि गाडि गुडाईरहेकाे छ सरकार । काेराेना तिमीलाई पनि लाग्न सक्छ, हाेशियारी सबैकाे लागि हाे भन्ने सरकारले अझै सिक्न सकेन भने सर्वसाधारणले कहिले सिक्ने ? विभिन्न अस्पतालका ओपिडी कहिले खाेल्ने अवस्था बनाउँछाै सरकार ! काेराेनाभन्दा अरू विरामी छैनन् ? काेराेनाकाे नाम लिएर न काम गरेका छाैँ न अरू विरामीकाे सहज उपचारमा भर्याङ्ग बनेका छाैँ । अनि "मुखमा रामराम बगलीमा छुरा" भएन र !

यदि राजनीतिमा सिद्धान्त र मर्मलाई कुल्चिमिल्ची पारेर सत्ता, प्रभुत्व र पैसालाई आम संस्कृतिको रूपमा चट्टानीकरण गर्न खोजिन्छ भने त्यो वास्तवमै राजनीति नभएर लाजनीति बन्न पुग्छ । लोभ लालचले मान्छेलाई अनैतिक बनाउने र अनैतिक मान्छेले राजनीतिको बिँडो समाल्ने हो भने राजनीतिका आधारभूत मूल्य र मान्यतामा गम्भीर प्रश्न चिन्ह उठाउनुको साथै राजनीति आफ्नै भाग्य र भविष्य कस्तो हुने भन्ने सम्म झल्काउन्छ । आफूभित्र रहेको गलत स्वार्थ र प्रवृत्तिलाई राजनीतिको आडमा ढाकछोप गर्न, पद पैसा र पावरको लोभमा राजनीतिप्रति तानियो भने त्यो राजनीति कर्मीबाट विकास र समृद्धि, जनताको भाग्य र भविष्यको सुत्रधार भन्दा नि नैरास्य्ता दुःख कष्ट झेल्नु मात्र पर्ने हुन्छ, त्यो पात्र र प्रवृत्ति देशकै लागि घाँडो हुने निश्चित हुन्छ । त्यसैले राजनीतिमा नैतिकताको खडेरी जाेगाउने पाे हाे की ?

पैसाकाे कुरामा, लगभग लिनेदिने अहिले सुनसान जस्तै छ । काराेबार ठप्प छ । लकडाउन नखुलिन्जेल र यसकाे असर परिन्जेल अब यस्तै हुने देखिन्छ । अहिलेसम्म लक भएका जनता बाहिर निस्कँदा र निस्केर के गर्ने भन्ने चिन्ताले थप सताएकाे देखिन्छ । न कलकारखाना, न काम, कहाँबाट चल्ने घरजम ! अबका दिनमा पर्नसक्ने खतराकाे जाेखिमभित्र सर्वसाधारणकाे दैनिकी गुज्रँदाे छ । तर सरकार यतिबेलै भाेकाएकाे छ र भन्नैपर्छ भाेकाे पेटले केहिपनि गर्न सक्दैन ।

यसकारण सरकारकाे बाटाे नकुराैँ, उ उथलपूथलकै गाेटिमा व्यस्त छ, हामीले पनि जानेका कुरा प्रयाेग गरेर दैनिकीमा उतार्न सकिन्छ, राेगबाट बच्न सकिन्छ । अल्छि नगराैँः जथाभावि थुक्न छाडाैँ, सरसफाइमा विशेष ध्यान दिउँ, मास्क, पंजा आदि जथाभावी नफालौं, घरेलु पशुपंक्षीजन्य फोहोरको व्यवस्थापन गरौँ, सुरक्षित बनौं, छाेइरहने चिजकाे सफाई गरिरहाैँ, हात धुने बानी गराैँ, भिडभाड नगराैँ, खर्च कम गराैँ र काेराेनाकाे संक्रमण नजिक आउन नदिउँ । हामी सक्छाैँ, याे भाइरसकाे प्रकाेपलाई लम्ब्याउन, त्यसकाे शक्ति क्षय गर्न । तर ध्रुवसत्य चाहिँ नविर्साैँ, त्याे औषधि/भ्याक्सिन नै हाे ।

गाउँ सहर डेस्क

तपाईँको मत