विश्व

काेराेनाकाे केन्द्र चीनमा कोरोनाकाे सक्रिय केश अब २ सय ६० मात्र

  • एजेन्सी
  • २६ बैशाख शुक्रबार, २०७७ | १५:२८:०० मा प्रकाशित

चीन। कोरोनाभाइरस (कोभिड–१९) को उदगमस्थल चीनमा अब यो रोगबाट निको हुन बाँकी सक्रिय बिरामी संख्या दुई सय ६० मात्रै बाँकी रहेको बताइएको छ ।

शुक्रबार चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारी अनुसार, पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका केवल एक जनामात्र नयाँ संक्रमित भेटिएका छन् । यससँगै चीनमा कोरोनाभाइरसका समग्र संक्रमितको संख्या ८२ हजार ८ सय ८६ पुगेको छ । तर, यसमध्ये ७७ हजार नौ सय ९३ जना निको भएर घर फर्किसकेका छन् ।

अहिलेसम्म चारहजार ६ सय ३३ जनाको कोरोनाभाइरसको कारण मृत्यु भइसकेको छ ।

सुरुवातमा कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको चीन पछिल्लो समयमा भने कोरोना भाइरस नियन्त्रणमा सफल देखिएको छ । गत मार्च १ मा चीनमा कोरोनाभाइरसका संक्रमितको संख्या ८० हजार पुगेको थियो । त्यसयता दुई महिनाभन्दा लामो समयमा दुई हजार पाँच सयको हाराहारीमा मात्र कोरोनाभाइरसका संक्रमित थपिएका छन् । यो अवधिमा औसतमा दैनिक ४१ जनाको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् । अहिले भने नयाँ संक्रमित थपिने संख्या एक अंकमा झरिसकेको छ ।

मार्च १ मा चीनमा निको हुन बाँकी संक्रमितको संख्या ३२ हजार ६ सय १६ थियो । अहिले निको हुन बाँकी दुई सय ६० जनामा पनि केवल १८ जना मानिसमा गम्भीर लक्षण देखिएको छ ।

कोरोनाभाइरस नियन्त्रणमा आउन थालेपछि विस्तारै लकडाउन खुकुलो पारिएको छ । लकडाउन खुकुलो भएपछि जनजीवन सामान्य अवस्थामा फर्किन थालेको छ ।

एजेन्सी

तपाईँको मत