विश्व

केमिकल प्लान्टमा ग्यास लिक हुँदा २ बच्चासमेत ११ को ज्यान गयो

  • एजेन्सी
  • २५ बैशाख बिहीबार, २०७७ | १५:२७:०० मा प्रकाशित

विशाखापट्टनम, भारत । आंध्र प्रदेशको विशाखापट्टनममा बिहिबार एक केमिकल प्लान्टमा ग्यास लिक हुँदा २ बच्चासमेत ११ जनाको मृत्यु भएको छ ।

घटनामा एकहजार भन्दा बढी घाइते भएका छन भने ३०० लाई अस्पताल भर्ना गरिएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । २५ जनालाई भेन्टिलेटरमा राखिएको छ । १५ बच्चाको अवस्था गम्भीर रहेको छ ।

आंध्र प्रदेशका डीजीपी दामोदर गौतमका अनुसार, घटना विहान ५ः३० बजे न्यूट्रिलाइजर्सको प्रयोगपछि अवस्था काबूमा आयो । मृत्यु भएका ८ मा २ जना भागदौडमा मृत्यु भयो । एक कम्पनीको अर्को घरबाट झरे, अर्को कुवामा लडे ।

घटना विहान ३ देखि ३ः३० काे बीचमा भएकाे अनुमान छ ।
 

एजेन्सी

तपाईँको मत