गाउँ सहर

कोरोनाले भनेन धनी/गरिब, विश्वका सबैभन्दा खुसी मुलुकहरु दुखीको तुलनामा १३ गुणा बढि कहरमा

काठमाडौँ । भनिन्छ रोगले गरिबलाई बढि चपेटामा पार्छ । तर यो कहावत कोरोनाको सन्दर्भमा गलत सावित भएको छ ।

पछिल्ला ४ महिनाको आंकडाबाट यो कुरा थाहा पाइएको छ कि गरिब तथा पिछडिएका मुलुकको तुलनामा विश्वका सबैभन्दा खुसी र धनी देशहरुमा १३ गुणा बढी कोरोनाको कहर देखिएको छ । केहि यस्तो स्थितिका महाद्वीप पनि छन् । यूरोपमा अफ्रीका महाद्वीपभन्दा ८१ गुणा बढी मृत्यु भएको छ ।

संसारकै तीन खुसी देशमा अहिलेसम्म कोरोनाका कारण ९०५को मृत्यु

वर्ल्ड हेप्पिनेस इन्डेक्स- २०१९ मा संसारकै टप ३ देश फिनल्याण्ड, डेनमार्क र नर्बे हुन् । यी तीन स्थानमा अहिलेसम्म कोरोनाका कारण ९०५ जनाको ज्यान गएको छ । इन्डेक्सका अनुसार संसारका तीन सबैभन्दा हालत पतला भएका देशहरु दक्षिणी सूडान, सेन्ट्रल रिपब्लिकन अफ्रीका र अफगानिस्तान हुन् । त्यहाँ अहिलेसम्म कोरोनाका कारण ७२ जनाको मात्र मृत्यु भएको छ । अर्थात जहाँ देशमा स्वास्थ्य सुविधा, रहनसहन, जीवनस्तर उच्च श्रेणीको छ, त्यहाँ कोरोना महामारीको असर बढि भएको छ ।

तर जहाँ भोकमारी, कमजोर स्वास्थ्य सेवा, फोहोर र निम्नस्तरको जीवनशैली भएर पनि कोरोनाको असर कम छ । कोरोनाले टप ३ देशमा टप खराब देशभन्दा करिब १३ गुणा मृत्यु बढि असर गर्याे भने ९ गुणा बढि मामला पनि आएका छन् ।

यूरोपमा अफ्रीका महाद्वीपभन्दा ३३ गुणा बढि कोरोना संक्रमणको मामला

यसरी नै वर्ल्ड हेप्पिनेस इन्डेक्स- २०१९ का अनुसार सबैभन्दा खुसी महाद्वीप यूरोप हो र सबैभन्दा अवस्था नाजूक रहेको महाद्वीप अफ्रीका । खुसी महाद्वीप यूरोपमा ३ मे सम्म कोरोनाबाट १.३९ लाख मृत्यु भइसकेको छ । १४ लाख संक्रमित भएका छन् । तर अफ्रीका महाद्वीपमा केवल १७२३ को मृत्यु भएको छ भने ४२,७७१ व्यक्ति संक्रमित भएका छन् । यूरोपमा अफ्रीका महाद्वीपभन्दा ३३ गुणा बढि व्यक्ति कोरोनाबाट संक्रमित भएका छन् । 
 

गाउँ सहर डेस्क

तपाईँको मत