स्वास्थ्य

३६ लाख बढिमा कोरोना संक्रमण, निको हुने १२ लाख नजिक

काठमाडौँ । विश्वका दुईसय १२ मुलुक तथा भूभाग र दुई अन्तर्राष्ट्रिय ढुवानीमा फैलिएको कोरोनाभाइरसका कारण ३६ लाख ४५ हजार ३ सय १७ व्यक्ति संक्रमित भएका छन् । 

वर्ल्डाेमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार, अहिलेसम्म भाइरसका कारण मृत्यु हुनेको सँख्या दुईलाख ५२ हजार ३ सय ९१ पुगेको छ भने निको हुनेको सँख्या पनि बढेर ११ लाख ९४ हजार ८ सय ७६ पुगेको छ ।

सक्रिय २१ लाख ९८ हजार ५० घटनामध्ये ४९ हजार ६ सय ३५ को अवस्था नाजूक छ ।

अमेरिकामा ज्यान गुमाउनेको सँख्या विश्वकै सबैभन्दा बढि ६९ हजार ९ सय २१ पुगेको छ । यस्तै अन्य बढि प्रताडित मुलुकहरु इटली, स्पेन, फ्रान्स र बेलायतमा थोरै थामिएको अवस्था छ ।

छिमेकी भारतमा अहिलेसम्म एकहजार पाँचसय ६६ को ज्यान गइसकेको छ भने  ४६ हजार चारसय ३७ संक्रमित भएका छन् ।

नेपालमा ७५ संक्रमितमध्ये ५९ जना संक्रमितको उपचार भइरहेको छ, १६ जना उपचारपछि डिस्चार्ज भइसकेको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ ।

देश पूर्णतया लकडाउनमा छ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत