स्वास्थ्य

कोरोना जित्नेको संख्या ११ लाख ५३ हजार माथि

काठमाडौँ । विश्वलाई त्राहि बनाएको कोरोनाभाइरसलाई हराउनेको संख्या ११ लाख ५३ हजार ९ सय ९९ पुगेको छ ।

भाइरसबाट मृत्यु हुनेको संख्या दुईलाख ४८ हजार दुईसय ८२ पुगेको छ भने संक्रमितको संख्या ३५ लाख ६६ हजार ४ पुगेको वर्ल्डाेमिटर्स डट इन्फोकोरोनाभाइरसले जनाएको छ ।

भाइरसका कारण ज्यान गुमाउनेको संख्या अमेरिकामा सबैभन्दा बढी ६८ हजार पाँचसय ९८ पुगेको छ । भाइरसबाट अन्य प्रताडित देशमा इटली, स्पेन, फ्रान्स र बेलायत छन् ।

नेपालमा ७५ जना संक्रमित पुगेका छन् । १६ जना डिस्चार्ज भएका छन भने बाँकी ५९ जना अस्पतालको सम्पर्कमा छन् । 
 

गाउँ सहर डेस्क

तपाईँको मत