गाउँ सहर

नेपाल सरकार ! चाहिने कामकाे पनि सिकाे गर, दिल्लीमा यस्ता शर्त राखेर लकडाउनमा खुकुलो

काठमाडाैँ । भारतमा लकडाउनको तेस्रो चरण सोमबार ४ मे बाट सुरु हुँदैछ । केन्द्रीय गृह मन्त्रालयको गाइडलाइन्स अनुसार दिल्ली सरकारले राजधानी दिल्लीमा कयौँ अहम आर्थिक गतिविधि पुनः सुरु गर्ने इजाजत दिएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविंद केजरीवालले आइतबार प्रेस कन्फरेन्स गर्दै करिब डेढ महिनापछि दिल्लीको लकडाउन खोल्ने तयारी गरेका छन् । उनले लकडाउन सुरु भएपछि कयौँको रोजगारी गुमेको र मानिस सहर छोडेर गइरहेको भन्दै राजश्वपनि कम उठेको र संकट उत्पन्न भएको बताए ।

के के खुल्नेछन् ?
१. गल्ली तथा मोहल्लाको दोकान खुला रहनेछ । साथै प्रिन्ट र इलेक्ट्रोनिक मिडियाको कार्यालय पनि खुल्नेछन् ।
२. विवाहमा ५० जना सहभागि हुन सक्नेछन । अन्तिम संस्कारमा केवल २० जना सहभागि हुन सक्नेछन् । 
३. बाइकमा एक्लै हिँड्न अनुमति हुनेछ र कारमा केवल दुईजना मात्र बस्न पाउने छन् ।
४. स्कूल र कलेजसहित शिक्षा संस्थान बन्द रहनेछन् ।
५. सोमबारबाट सबै सरकारी कार्यालय खुल्नेछन् । आवश्यक सेवामा १०० प्रतिशत र गैर आवश्यक सेवामा १०० प्रतिशत स्टाफ र उनीहरुको तल ३३ प्रतिशत स्टाफमात्र हुनेछन् ।
६. मन्दिर, नाईको दोकान, स्पा, सैलून सबै बन्द रहनेछन् ।
७. वित्तीय क्षेत्र र कृषि क्षेत्रसँग जोडिएका सबै कम्पनी खुला रहनेछन् ।
८. फर्मा कम्पनी र अन्य जरुरी सामान बनाउने मेनुफेक्चरिंग युनिट्स खुला रहनेछन् ।
९. पेकेजिङ्ग मेटेरियलको युनिट्स पनि खुला रहनेछन् ।
१०. इकमर्श एक्टिभिटीमा केवल जरुरत सामानको मात्र अनुमति दिइएको छ ।

दिल्ली काठमाडौँबाट त्यतिधेरै टाढा छैन । यसअघि उसले जाेनपनि छुट्याईसकेकाे छ । हामीपनि सिकाे गर्दैछाैँ । उसले थाल ठटाउँदा हामीले पनि ठटाएकै हो र राष्ट्रिय गान गाउँदा हामीले पनि गाएकै हो । दियाेपनि बालेकै हाे । कपी नै सही यी विषय कस्ता लाग्छन् ? कृपया हेर्ने कष्ट गर्ने हो की ! किनकी हामीपनि बैशाख २५ बाट लकडाउनको तेस्रो चरणमा प्रवेश गर्दैछौँ । लकडाउनले समाज थिलाे भइसकेकाे छ र विकल्पपनि छैन ।

गाउँ सहर डेस्क

तपाईँको मत