स्वास्थ्य

कोभिड-१९ बाट संक्रमितको संख्या ३५ लाख नजिक

काठमाडौँ । विश्वका दुईसय १२ मुलुक तथा भूभाग अनि २ अन्तर्राष्ट्रिय ढुवानीमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९) का कारण संक्रमितको संख्या ३४ लाख ८४ हजार एकसय ७६ पुगेको छ ।

वर्ल्डाेमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार विश्वमा भाइरसका कारण ज्यान गुमाउनेको संख्या दुईलाख ४४ हजार सातसय ७८ पुगेको र निको हुनेको संख्यापनि बढेर ११ लाख २१ हजार पाँचसय २४ पुगेको बताएको छ ।

भाइरसका कारण अमेरिकामा सबैभन्दा बढीको ज्यान गएको छ । अहिलेसम्म त्यहाँ ६७ हजार चारसय ४४ को मृत्यु भएको छ ।

नेपालमा संक्रमितको संख्या ५९ पुगेको जसमा १६ जना उपचारपछि घर फर्किएको छन भने रहेका ४३ जनाको उपचार भइरहेको छ ।

देश ४१ दिनदेखि लकडाउनमा छ, सरकारले विशेष राहत र छूट अहिलेसम्म ल्याउन सकेकाे छैन ।
 

गाउँ सहर डेस्क

तपाईँको मत