स्वास्थ्य

खुसीकाे खबरः इबाेलाविरूद्धकाे औषधि रेमडिसिभियरले पायो स्वीकृति

  • एजेन्सी
  • २० बैशाख शनिबार, २०७७ | ११:५५:०० मा प्रकाशित

अमेरिका । अमेरिकाको खाद्य तथा औषधि व्यवस्थापन विभाग (एफडिए) ले इबोलोको उपचारका लागि प्रयोग हुने औषधि रेमडिसिभियर तत्कालका लागि आकश्मिक रुपमा कोरोना भाइरसको उपचारमा प्रयोग गर्न अनुमति दिएको छ ।

मानवीय परीक्षणमा अमेरिकी बायोफर्मास्युटिकल कम्पनी (औषधि उत्पादक) गिलियाड साइन्सेजले उत्पादन गरेको एन्टिभाइरल औषधि रेमडिसिभिरले कोरोना भाइरसका संक्रमितको उपचारमा सकारात्मक काम गरेको देखिएको थियो ।

त्यसपछि एफडिएले तत्कालका लागि आकश्मिक प्रयोजन स्वरुप कोरोना भाइरसबाट संक्रमित भएकाको उपचारमा पनि सो औषधि प्रयोग गर्ने स्वीकृति दिएको हो ।

योसँगै कोभिड–१९ का कारण अस्पताल भर्ना भएका बिरामीलाई अब रेमडिसिभिर औषधि दिइने छ ।

कोभिड–१९ बाट गम्भीर बिरामी परेकाहरुलाई रेमडिसिभियर औषधि दिँदा उनीहरु चाँडो निको भएको देखिएको थियो ।

एजेन्सी

तपाईँको मत