स्वास्थ्य

नेपालका १६सहित कोरोनाभाइरसबाट संक्रमित १० लाख ८१ हजार बढी निको भए

काठमाडौँ । दुईसय १२ मुलुक तथा भूभाग अनि २ अन्तर्राष्ट्रिय ढुवानीमा फैलिएको कोरोनाभाइरसबाट निको हुनेको संख्या नेपालका १६सहित १० लाख ८१ हजार पाँचसय ९९ पुगेको छ ।

वर्ल्डाेमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार दुईलाख ३९ हजार छसय दुईको मृत्यु भएको छ भने संक्रमित संख्या ३४ लाख एकहजार दुई पुगेको छ ।

अमेरिकामा भाइरसबाट ज्यान गुमाउनेको संख्या सबैभन्दा बढी छ । अहिलेसम्म ६५ हजार सातसय ७६ को ज्यान गएको छ भने संक्रमितको संख्या ११ लाख ३१ हजार चारसय ५२ पुगेको छ ।

अमेरिकापछि इटली, बेलायत, स्पेन, फ्रान्स सबैभन्दा बढी चपेटामा परेका छन् ।

छिमेकी भारतमा अहिलेसम्म भाइरसका कारण ज्यान गुमाउनेको संख्या एकहजार दुईसय २३ पुगेको छ भने संक्रमितको संख्या ३७ हजार दुईसय ५७ छ । त्यहाँ मे १७ सम्म लकडाउन थपिएकाे छ ।

नेपालमा संक्रमित संख्या ५९ पुगेको छ भने १६ जना निको भएका छन् । रहेका ४३ जनाको अवस्था सामान्य रहेको र उपचारमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

देश अहिले लकडानमा छ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत