स्वास्थ्य

कोरोनाका कारण अमेरिकामा थोरै थामियो मृत्युदर, विश्वमा दुईलाख ३४ हजार बढीको मृत्यु

काठमाडौँ । दुईसय १२ मुलुक र भूभाग अनि दुई अन्तर्राष्ट्रिय ढुवानीमा फैलिएको कोरोनाभाइरसले अहिलेसम्म दुईलाख ३४ हजार एकसय ५ जनाको ज्यान लिएको छ । 

वर्ल्डाेमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार, ३३ लाख ८ हजार २ सय ३३ मा संक्रमण फैलिएको छ भने रोगलाई जितेर १० लाख ४२ हजार ८ सय १९ जना घर फर्किएका छन् । 

अमेरिका विश्वकै सबैभन्दा प्रताडित मुलुक भएको छ जहाँ अहिलेसम्म ६३ हजार ८ सय ६१ को मृत्यु भएको छ भने १० लाख ९५ हजार २ सय १० मा संक्रमण फैलिएको छ । तर अन्यदिन भन्दा पछिल्लो २४ घण्टामा अमेरिकाको मृत्युदर घटेको छ ।

भाइरसबाट क्रमशः बढी चपेटामा परेका अन्य मुलुकहरु इटली, स्पेन, फ्रान्स र बेलायतमा पनि मृत्युदर घटेको छ ।

नेपालमा ५७ मा संक्रमण देखिएकोमा १६ जना निको भएर घर फर्किएका छन् ।
 

गाउँ सहर डेस्क

तपाईँको मत