विश्व

“चीनले मलाई दोस्रोपटक राष्ट्रपति बन्न रोक्नको लागि जेपनि गर्न सक्छ” 

वाशिंगटन । संसारभर कोरोनाको संक्रमण ३२ लाख २९ हजार ८ सय १४ मा पुगेको छ भने भाइरसका कारण मृत्यु हुनेको संख्या दुइलाख २८ हजार ३ सय ७६ पुगेको छ । तर रोगलाई जित्नेको संख्यापनि वृद्धि भएर १० लाख ६ हजार ९ सय ८८ पुगेको छ । 

अमेरिकामा मात्रै भाइरसबाट मृत्यु हुनेको संख्या ६१ हजार ६ सय ६९ पुगेको छ भने संक्रमितको संख्या १० लाख ६४ हजार ५ सय ७२ पुगेको छ ।

यो परिवेशमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार न्यूज एजेन्सी रोयटर्सलाई दिएको अन्तर्वार्तामा चीनले नोभेम्बरमा पुनः राष्ट्रपति नचुनिओस भन्ने चाहेको दावी गरेका छन् । ‘उसले मलाई रोक्नको लागि जे पनि गर्नेछ । चीन कोरोनासँग जसरी प्रस्तुत भइरहेको छ यसको प्रमाण हो । उनीहरुले यो संकटको बारेमा संसारलाई चाँडै बताउनु पर्छ’ उनले भने ।

ट्रम्पले महामारीको लागि चीनमाथि आरोप लगाउँदै आएका छन् । ‘चार्ज लगाउनेदेखि अनेक कुरा छन, जुन म गर्न सक्छु । म देखिरहेको छु कि के हुन्छ ।’

रिपब्लिकन राष्ट्रपतिले भने— चीन डेमोक्रेटिक उम्मेद्वार बिडेन जो नोभेम्बरको चुनावमा जीत हासिल गरोस भन्ने चाहन्छ । तर मलाई आंकडामाथि शंका छ । एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत