स्वास्थ्य

कोरोना जित्ने १० लाख माथि

काठमाडौँ । भलै कोरोनाभाइरसले ३२ लाख २० हजार एकसय ४८ मा संक्रमण छर्यो र दुइलाख २८ हजार दुइसय १५ को ज्यान लियो तर यसलाई जित्नेको संख्या पनि १० लाख तीनसय तीन पुगेको छ ।

वर्ल्डाेमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार सक्रिय १९ लाख ९१ हजार ६ सय ३० घटनामध्ये ५९ हजार ८ सय ११ गम्भीर छन् । भाइरसका कारण अमेरिकामा अहिलेसम्म ६१ हजार ६ सय ६८ को मृत्यु भइसकेको छ ।

भाइरसबाट अन्य प्रताडित मुलुकहरुमा इटली, स्पेन, फ्रान्स र बेलायत उच्च मृत्यु स्थानमा छन् ।

नेपालमा भाइरस संक्रमितको संख्या ५७ पुगेको छ भने निको हुनेको संख्या १६ र बाँकी ४१ जनाको उपचार भइरहेको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ । उनीहरुको अवस्था सामान्य छ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत