स्वास्थ्य

कोरोनाभाइरसको ११ रुप : महामारी ‘एटूए’ नामको वुहान भाइरसले फैल्याएको दावी

नयाँ दिल्ली । भारतमा भएको एक अध्ययन अनुसार, संसारभरमा नयाँ कोरोनाभाइरसको ११ प्रकार छन, तर महामारीको कारण कोरोनाको एकै रुप छ जसले मानिसको फोक्सोमा आक्रमण गर्यो र दुइलाख भन्दा बढीको ज्यान लियो ।

यो शोध पश्चिम बंगालस्थित नेशनल इन्टिच्यूट अफ बायोमेडिकल जीनोमिक्सका बैज्ञानिकले गरेका हुन् । उनीहरुले ३६ सय विभिन्न भाइरसमा अनुसन्धान पछि यो खुलासा गरे कि संसारमा एउटा नै कोरोनाभाइरसको संक्रमण विस्तारै विस्तारै यसको १० भन्दा बढी विकसित रुपमा फैलियो । नयाँ कोरोनाभाइरसको मूल रुपको नाम ‘एटूए’ राखिएको छ । शोध डिसेम्बर २०१९ देखि अप्रिल ६, २०२० सम्म गरिएको थियो ।

शोधका अनुसार, जति छिट्टो कोरोना शरीरमा पुग्छ उत्तिनै छिटो आफ्नो संख्या शरीरमा बढाउँछ र विरामीको अवस्था नाजूक हुन्छ । एटूए टाइपमा यो सबैभन्दा ठूलो खतरा हो । विशेषगरी यो स्ट्रेनमा एमिनो एसिड, एस्पार्टिक एसिडबाट ग्लाइसीनमा परिवर्तन हुन्छ । जबकि नयाँ कोरोनाभाइरसको दोस्रो प्रकारमा केवल एपार्टिक एसिड रहन्छ र परिवर्तन हुँदैन । यसकारण एटूए बढी खतरनाक छ ।

शोधकर्ताले कोरोनाभाइरसको आरएनए जाँच गरे । रिपोर्टका अनुसार, मानिसको फोक्सोले आफ्नो सतहबाट एसीइटू प्रोटीन रिलीज गर्दछ, तर कोरोनाबाट निस्कने स्पाइक प्रोटीन पहिले एसीइटू बाट टाँसिन्छ अनि दोस्रो प्रोटीन फोक्सोको कोशिकामा छिर्ने कोशिष गर्दछ । जति बलियो कोरोनाको रुप हुन्छ मानिसको प्रोटीनसँग त्यतिनै छिटो जोडिएर फोक्सोसम्म पुग्दछ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत