विश्व

अभिनेता इरफान खान रहेनन्

  • एजेन्सी
  • १७ बैशाख बुधबार, २०७७ | १२:४५:०० मा प्रकाशित

मुम्बई । इरफान खानको बुधबार निधन भएको छ । मंगलबार विहान आफ्नो घरको बाथरुमा लडेका थिए । यसपछि उनलाई मुम्बईको कोकिलाबेन अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो ।

डाक्टरका अनुसार, उनलाई कोलन इन्फेक्सनको समस्या भएको थियो ।

५४ वर्षिय खानलाई यसअघि न्यूरोइन्डोक्राइन ट्यूमर भएको थियो जसको लामो समय उपचार भएको थियो । 

खानको ‘अंग्रेजी मीडियम’ चलचित्र भर्खरैमात्र रिलीज भएको थियो ।

एजेन्सी

तपाईँको मत