विश्व

२० औँ पटकमा कोरोना नेगेटिभ, ४० दिनपछि अस्पतालबाट डिस्चार्ज

  • एजेन्सी
  • १६ बैशाख मंगलबार, २०७७ | १३:०७:०० मा प्रकाशित

कोच्चि । कोच्चि अस्पतालका अधिकारीका अनुसार ४१ दिनमा १९ पटक कोरोना पोजेटिभ आएका २२ वर्षिय व्यक्ति २० औँ पटक मा उनको रिपोर्ट नेगेटिभ आएको छ । कोभिड-१९ का यी विरामी अघिल्लो महिना लण्डनबाट फर्किएका थिए । उनलाई सोमबार अर्थात २७ अप्रिल यहाँको सरकारी मेडिकल कलेज अस्पतालबाट डिस्चार्ज दिइएको छ ।

डिस्चार्जपछि उनले भने— पछिल्ला दुई परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो तर अघिल्ला १९ रिपोर्ट पोजेटिभ थिए ।

सोही अस्पतालको पृथक वार्डमा भर्ती भएको ३६ दिन कोरोनाभाइरसको संक्रमणबाट उनी मुक्त भए ।

मलप्पुरमका निवासी युवक शारजाह लण्डनबाट फर्किएपछि कोभिड-१९ को लक्षण देखापर्यो र उनलाई १८ मार्चमा अस्पतालमा भर्ना गरिएको थियो ।

मेडिकल कलेजका प्राचार्य डा. थोमस मैथ्यूले लामो उपचारको समयमा युवकद्वारा देखाएको साहसको प्रशंसा गरे । उनले भने— युवकलाई राम्रो उपचारसँगै मानसिक समर्थन पनि दिइएको थियो ।
 

एजेन्सी

तपाईँको मत