विश्व

स्वीडेनकाे लकडाउन माेडल, अध्ययन गर्ने हाे ?

"आफैँलाई र अरूलाई संक्रमण फैलिनबाट बचाउनुहोस्"

आफू र अरूलाई संक्रमणबाट बचाउने उत्तम तरिका बिरामी व्यक्तिहरूसँग घनिष्ठ सम्पर्कबाट टाढा रहनु हो ।

यदि तपाईं चिसो लक्षण, खोकी वा ज्वरोबाट अस्वस्थ महसुस गर्नुहुन्छ भने, तपाईंले अन्य व्यक्तिहरूसँगको सम्पर्कबाट टाढै रहन कोशिस गर्नुपर्छ । काम, स्कूल वा प्रि-स्कूलमा नजानुहोस् । यो लागू हुन्छ यदि तपाईं केही अस्वस्थ महसुस गर्नुहुन्छ भने पनि । यो महत्त्वपूर्ण छ कि तपाईंले अरूलाई संक्रमित गर्ने जोखिममा पार्नुहुन्न ।

जबसम्म तपाईं अस्वस्थ महसुस गर्नुहुन्छ घरमा बस्नुहोस् । यदि तपाईंको अवस्था झन् खराब हुँदै जान्छ र तपाईं आफ्नै घरमा आफैंको हेरचाह गर्न असमर्थ हुनुहुन्छ भने, कृपया स्वास्थ्य सेवा सल्लाहका लागि कल गर्नुहोस् । कम्तिमा दुई दिन काम वा स्कूलमा फिर्ता नहुनुहोस् तपाईंको स्वास्थ्य समाप्त भएपछि पनि ।

वृद्ध व्यक्ति गम्भीर बिरामीको बढी जोखिममा छन्, र त्यसैले यो अस्पताल वा हेरचाह गृहमा व्यक्तिहरू भ्रमण नगर्नु महत्त्वपूर्ण छ । यदि तपाईको काममा वृद्ध व्यक्तिको हेरचाह गर्नु समावेश छ, यदि तपाईलाई खोकी वा चिसो लागेको छ भने काममा जानु हुँदैन ।

स्वीडेनमा यत्ति भनिएकाे छ, जब्बरजस्त छैन । सबैकुरा स्वविवेकमा दिइएकाे छ । जनतालाई मालिक बनाइएकाे छ ।

याे शब्दले जाे काेहिलाई पनि नजिकै तान्छ, चिन्तन गराउँछ अनि भाेग गर्नकाे लागि अभिप्रेरित गर्छ । तर प्रश्न उठ्न पनि सक्छ, हाम्राे देश नेपाल, अल्पविकसित संरचनामा जिइरहेकाे अवस्थामा के याे संभव छ त ?

स्वीडेनमा लकडाउन गरिएको छैन अनि  धेरै हदसम्म देश सामान्य रुपमा नै चलेको छ । माध्यमिक विद्यालय र विश्वविद्यालयमा अनलाइनबाट पढाइ हुँदैछ र अनावश्यक रुपमा बुढाबुढी बस्ने घर र अस्पतालमा प्रवेश गर्न दिइएको छैन । यस बाहेक  जनतालाई कुनै कडा नियम लादिएको छैन ।

जनतालाई स्वीडेनको स्वास्थ्य विभागले बिरामी भएको खण्डमा कम्तिमा २ हप्ता घरमा नै बस्ने, मिल्छ भने घरमा बसेर काम गर्ने, ७० वर्ष माथि र दीर्घरोगीहरु सकेसम्म घरमा नै बस्ने, ५० जना भन्दा धेरै जमघट नगर्ने, सरसफाईमा ध्यान दिने, सामाजिक दूरी कायम राख्ने, अनावश्यक रुपमा कतै यात्रा नगर्नेलगायत मार्गनिर्देशन दिएको छ ।

काेभिड-१९ बाट मृतककाे संख्या याे १० कराेड जनसंख्या भएकाे मुलुकमा २१ सयकाे हाराहारीमा पुगेकाे छ ।

गाउँ सहर डेस्क

तपाईँको मत