विश्व

किम जोङ्गलाई लिएर अबेर रातका २ कुराः एक मृत्युको अफवाह, अर्को रिजोर्टमा घुमिरहेको

बेइजिङ्ग/प्योङ्गयाङ्ग । उत्तर कोरियाका तानशाह किम जोङ्ग (३६ वर्ष) को स्वास्थ्यलाई लिएर दुई फरक फरक दावी गरिरहेका छन् । शनिबार अबेर राति हङ्गकङ्गको एक च्यानलले आफ्नो रिपोर्टमा किमको मृत्युको खबर बतायो ।

तर दक्षिण कोरियाको एक मिडियाले रिपोर्टमा हार्ट सर्जरीपछि किम स्वस्थ रहेको र रिजोर्टमा घुमिरहेको दावी गर्यो । उता चीनमा पनि किमको स्वास्थ्यलाई लिएर इन्टरनेशनल मिडियामा अनेक अड्कलकाबीच डाक्टरको एक टिम उत्तर कोरिया पठायो ।

चीनको मेडिकल टिमका एक सदस्यले जापानको म्यागेजिनलाई किम केही महिनाबाट हार्टको समस्यासँग जुधिरहेका थिए र पछिल्ला दिनमा रिंगटा लागेर लडेको बताए । त्यसपछि उनलाई अस्पतालमा भर्ना गराएका थिए । उनको एउटा सर्जरी पनि भइसकेको छ । अब हार्टमा स्टेंड लगाउनु पर्न सक्छ । तर दक्षिण कोरिया र चीनका अधिकारीले तानाशाहको रिकभर भएको रिपोर्टलाई नकारेको छ । उनीहरुका अनुसार सर्जरीपछि किनको स्वास्थ्यमा खतरा छ । तर केहिदिन पहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरामीको खबरलाई गलत बताएका थिए ।

चीनमा किमको मृत्यु भएको म्यासेज भाइरल
बेइजिंगबाट संचालित हङ्गकङ्गको एचकेएसटिभीको रिपोर्ट अनुसार, किमको मृत्यु भइसकेको छ । त्यहिँ इन्टरनेशनल बिजनेस टाइम्सको रिपोर्टमा भनिएको छ कि चीनी मेसेजिंग एप वीबोमा किमको मृत्युको खबर भाइरल भइरहेको छ । एक अन्य रिपोर्टमा बेइजिंगको एक सुत्रका अनुसार किमको हार्टमा स्टेंड राख्ने अपरेशन गलत भएको थियो, किनकी एक सर्जनको हात काँपिरहेको थियो ।

किम रिजोर्टमा भएको दावी
दक्षिण कोरियाको एक मिडिया रिपोर्टले अलग कुरा गरेको छ । अस्ट्रेलियनको च्यानल ७ ले पनि यसलाई प्रकाशित गर्यो । यसका अनुसार, किम रिजोर्टमा छन् । उनी आफ्नो नीजि ट्रेनमा  स्टाफसँग रिजोर्ट पुगे । उनलाई धेरै मानिसले हेरिरहे । 

कुरा यस्ताे पनि छ कि प्योङ्गयाङ्गमा तानाशाहका नजिकका व्यक्तिमा कोभिड-१९ पोजेटिभ पाइएको थियो । यसपछि उनले केहीदिन राजधानी छोड्ने फैसला गरेका थिए । एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत