स्वास्थ्य

कोभिड-१९ का कारण ज्यान गुमाउनेको संख्या दुइलाख नाघ्यो

काठमाडौँ । कोरोनाभाइरस (कोभिड-१९) का कारण ज्यान गुमाउनेको संख्या २,०३२७२ पुगेको छ ।

वर्ल्डाेमिटर्स डट इन्फोकोरोनाभाइरसका कारण विश्वभर भाइरसबाट संक्रमित हुनेको संख्या २९,२०,८७७ पुगेको र निको हुनेको संख्या ८,३६,९१४ पुगेको छ ।

इन्फोका अनुसार सक्रिय घटना १८,८०,६६४ मध्ये ५७,८६४ को अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिकामा सबैभन्दा बढी ५४,२५६ जनाको मृत्यु भएको छ भने ९,६०,६५१ संक्रमित भएका छन् ।

अन्य बढी प्रताडित मुलुकमा इटली, स्पेन, फ्रान्स र बेलायत छन् ।

नेपालमा संक्रमितको संख्या ४९ छ भने निको हुने १२ भएका छन् ।
 

गाउँ सहर डेस्क

तपाईँको मत