स्वास्थ्य

कोरोनाभाइरस जित्ने आठलाख नजिक

काठमाडौँ । विश्व्यापी महामारीको रुप लिएको कोरोनाभाइरसलाई जितेर घर फर्कनेको संख्या आठ लाखको नजिक पुगेको छ ।

वर्ल्डाेमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार २८ लाख ३० हजार ५१ म संक्रमण पुगेको र मृत्यु हुनेको संख्या एकलाख ९७ हजार २ सय ४५ पुगेको छ ।

इन्फोका अनुसार सातलाख ९८ हजार ७ सय ७२ जना निको भएर घर फर्किएका छन् ।

सबैभन्दा बढी प्रताडित मुलुक अमेरिकामा ५२ हजार एकसय ८५ को मृत्यु भएको छ भने ९ लाख २५ हजार ३८ जना संक्रमित भएका छन् । त्यसपछि अन्य प्रताडित मुलकमा इटली, स्पेन, फ्रान्स र बेलायत बढि चपेटामा छन् ।

भारतमा २४ हजार ४ सय ४७ संक्रमित र मृतकको संख्या सतसय ८० पुगेको छ ।

नेपालमा ४९ जनामा संक्रमण भएको त्यसमा १० जना डिस्चार्ज भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत