गाउँ सहर

तातोको कमाल, नेपालदेखि अमेरिकासम्म : ‘भाइरस सूर्यको तापमा २ मिनेटमा मर्छ’

बैज्ञानिकले भने— भाइरस सूर्यको तापमा २ मिनेटमा मर्छ, ट्रम्पले भने—विरामीमा शक्तिशाली ताप शरीरभित्र पुर्याऊ

काठमाडौँ/वाशिङ्गटन । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले तातोपानीले हात धुने र बाेसाे पगाल्ने कुरालाई जोडतोडका साथ डाक्टरभन्दा अगाडि निस्केर बोले । तर, विशेषज्ञले उनकाे खिल्ली उडाए ।

यस्तै घटना अमेरिकामा पनि भयो, त्यो पनि राष्ट्रपति डोनाल्ड ट्रम्ले यस्तो बोले ।

अमेरिकामा कोरोनाभाइरसको संक्रमण ९ लाख पुग्न लागेको छ भने ५० हजार बढीको मृत्यु भइसकेको छ । यो अवस्थामा राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना संकटबाट निस्कनको लागि एक अचम्मको सल्लाह दिए । बिहिबार कोरोनाभाइरस टास्क फोर्सको प्रस्तुतिकरणको समयमा बैज्ञानिकले भने— भाइरस सूर्यको रोशनीमा २ मिनेटमा मर्छ । यहि कुरालाई टेकेर राष्ट्रपति ट्रम्पले भने— यस्तो शक्तिशाली लाइट विरामीको शरीरमा पुर्याउनुहोस् ।

ट्रम्पले अगाडि भने— शरीरमा ब्लीच र आइसोप्रोपिल अल्कोहल जस्तै क्लिन्जरको इन्जेक्शन लगाउनु पर्छ । अमेरिकामा होमल्याण्ड सेक्यूरिटी डिपार्टमेन्टका टेक्नोलोजी डाइरेक्टरका प्रमुख बिल ब्रायलनले भने कि ब्लीच र आइसोप्रोपिल अल्कोहल भाइरसलाई ५ मिनेटमा र अल्कोहलले ३० सेकेण्डमा मार्छ । आइसोप्रोपिल अल्कोहलको प्रयोग डिटर्जेन्टसहित अन्य रसायन बनाउनमा प्रयोग गरिन्छ ।

ह्वाइट हाउसको ब्रिफिङ्गमा बैज्ञानिकलाई शिर झुकाउनुपर्यो

ट्रम्पको यी सुझावका कारण बैज्ञानिक ब्रायन र टास्क फोर्सका कोअर्डिनेटर डेबोरा बिरक्सलाई शर्मिन्दा हुनुपर्यो । ह्वाइट हाउसको ब्रिफिङ्गको समयमा ब्रायनले सूर्यको रोशनीबाट कोरोनाभाइरस मर्ने जानकारी दिए तब ट्रम्पले भने, ‘अनुमान लगाउनुहोस कि यो रोशनी छाला या अन्य कुनै माध्यमबाट शरीरभित्र लैजानुहोस, मलाई लाग्छ कि तपाईंहरु यसको पनि परीक्षण गर्नुहुनेछ ।’ यो कुरा सुनेर ब्रायन बिना केही बोली अगाडिको जानकारी दिन थाले ।

गर्मीबाट कोरोना मर्ने कुरा भनेका थिए, उनीहरुले मानेनन्ः ट्रम्प

ब्रिफिङ्गमा मिडियासँग कुरा गर्दै ट्रम्पले भनेका थिए कि मैले पहिलो पटक सूर्यको ताप र गर्मीमा कोरोनाभाइरस समाप्त हुने कुरा भनेको थिएँ तर मानिसले मानेका थिएनन् । अहिले त्यहि कुरा ब्रायनले सबैको अगाडि सिद्ध गरेर देखाए ।

अमेरिकामा अहिलेसम्म ५० हजार दुइसय ८३ को मृत्यु र ८ लाख ८७ हजार ६ सय २२ संक्रमित भएका छन् भने ८५ हजार ९ सय २२ जना निको भएका छन् । लकडाउनको कारण अमेरिकामा करिब २.६ करोड बेरोजगार भएका छन् ।

हुन त तातोको शक्ति हुँदैन भन्ने कम होलान् तर यो भाइरसको प्रशंगलाई लिएर परीक्षण र खोज भइरहेको अवस्थामा तथ्य सार्वजनिक नभइरहेको अवस्थामा तातो नै कोरोनाभाइरसको ओखती हो भन्नसक्ने अवस्था देखिँदैन । केवल मजाककाे लागि यस्ता शब्दहरू प्रयाेग भने हुन सक्छन् । एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत