स्वास्थ्य

सातलाख ४५ हजारले जिते कोरोनाभाइरस

काठमाडौँ । विश्वभरमा कोरोनाभाइरसलाई जित्नेको संख्या लगातार बढ्दो छ । अहिलेसम्म सातलाख ४५ हजार ६ सय २० जना निको भएर घर फर्केका छन् ।

वर्ल्डाेमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार अहिलेसम्म २७ लाख १८ हजार एकसय ५५ संक्रमित भएका छन भने मृत्यु हुनेको संख्या एकलाख ९० हजार ६ सय ३६ पुगेकाे छ ।

१७ लाख ८१ हजार ८ सय ९९ सक्रिय घटनामा ५८ हजार ६ सय ७८ अर्थात ३ प्रतिशतको अवस्था गम्भीर छ ।

भाइरसका कारण अमेरिका बढी प्रताडित छ, अहिलेसम्म ४९ हजार ८ सय ४५ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ८ लाख ८० हजार २ सय चार पुगेको छ । अन्य बढी चपेटामा परेका मुलुकहरुमा इटली २५ हजार ५ सय ४९, स्पेनमा २२ हजार एकसय ५७, फ्रान्समा २१ ह्जार ८ सय ५६ र बेलायतमा १८ हजार ७ सय ३८ को मृत्यु भएको छ ।

नेपालमा ४८ जनामा संक्रमण देखिएकोमा ९ जना निको भएर घर फर्किसकेका छन् ।
 

गाउँ सहर डेस्क

तपाईँको मत