विश्व

सेप्टेम्बरसम्म भारतमा १११ करोड कोरोना संक्रमित : अमेरिकी संस्था

  • एजेन्सी
  • ११ बैशाख बिहीबार, २०७७ | १८:२२:०० मा प्रकाशित

नयाँ दिल्ली । अमेरिकास्थित सेन्टर फर डिजीज, डायनामिक्स एण्ड इकोनोमिक पोलिसी (सीडीडीपी) ले २० अप्रिलमा जारी गरेको रिपोर्टमा सेप्टेम्बरसम्म भारतमा कोभिड-१९ को संक्रमण कुल १११ करोड हुनसक्ने बताएको छ । 

लगातार लकडाउन र सामाजिक दूरी राखेपनि यो संभव छ ।

रिपोर्टमा भनिएको छ— यो अनुमान कोरोनाको नयाँ संक्रमणको आंकडामा आधारित छ । तर, सार्स कोभ-२ भाइरसको नविनतालाई हेरेर, यो अनुमानमा अहिलेपनि केही अन्र्तनिहित अनिश्चितता छ । यो रिपोर्टको शिर्षक छ— भारतमा कोभिड-१९ । यसमा भनिएको छ कि कयौँ अन्य देशजस्तै चीन, इटली, अमेरिका, बेलायत र स्पेनले लामो समयसम्म कोरोनाको कम संक्रमणपछि मामलामा अचानक विष्फोट देखायो, यस्तो अवस्थामा यो संभव छ ।

सोही इकोनोमिक्स पोलिसीको २४ मार्चमा निकालिएको रिपोर्टमा भारतमा कोरोना संक्रमण १२—२४ करोडबीच हुनसक्छ भनेर । सीडीडीइपी जोन्स हपकिन्स विश्वविद्यालयको अंग होइन । रिपोर्टमा कडा प्रतिवन्ध जारी राख्ने वकालत गरिएको छ । संक्रमणबाट बच्नको लागि प्रतिवन्धलाई कडा गर्नुपर्ने आवश्यकता छ ।

भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण ६८१ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या २१ हजार नाघेको छ । भारतमा अहिलेसम्म ५ लाख बढीको परीक्षण भएको छ ।
 

एजेन्सी

तपाईँको मत