स्वास्थ्य

चीनमा कोरोनाभाइरसको सबैभन्दा डरलाग्दो स्वरूप, चितुवा शैलीमा रूप परिवर्तन गर्दै

वुहान । चीनको झेजियाङ्ग विश्वविद्यालयका शोधकर्ता प्राध्यापक लान्जुआनले यो दावी गरेका छन कि उनले कोरोनाभाइरसको सबैभन्दा डरलाग्दो स्वरुप पत्ता लगाएका छन् । उनका अनुसार कोरोनाभाइरसमा आफैँ अत्यन्तै द्रुतगतिमा परिवर्तन (म्यूटेट) गर्ने क्षमता छ, अहिलेसम्म यसको क्षमतालाई कम आंकलन गरिएको छ ।

चीनमा ११ विरामीमा गरिएको यो अध्ययनमा यो भाइरसको सबैभन्दा खतरनाक रुप प्राप्त भएको छ । प्रा. लान्जुआन चीनका प्रशिद्ध बैज्ञानिक हुन् । उनले पहिले पनि बताएका थिए कि वुहानबाट संसारभर महामारी फैलन सक्छ र यहाँ लकडाउन गर्नु सबैभन्दा जरुरी छ ।

अनुसन्धानका ३ गम्भीर कुरा

१. चीनका विरामीमा पाइयो खतरनाक रूपः
प्रा. लान्जुआनका अनुसार, ल्यबमा जुन कोरोनाभाइरसको रुप देखियो, त्यो अहिलेसम्म अध्ययन गरिएको दोस्रो स्वरुपभन्दा खतरनाक छ । कोरोनाभाइरस आफै यति तेजसँग परिवर्तित छ र संक्रमणको तरिका पनि उसैगरि परिवर्तित छ । शोधकर्तालाई यो कुराको जानकारी तब प्राप्त भयो जब उनी चीनको हान्गझाउ प्रान्तका संक्रमितसँग शोध गरिरहेका थिए ।

२. नयाँ स्वरुप यूरोपमा भेटिएको कोरोना जस्तैः
शोधकर्ताले विरामीको शरीरबाट कोशिका लिए र त्यसमा भाइरसको नयाँ स्वरुप र असर भेटे । उनीहरुले यो भाइरसकोको स्ट्रेन संक्रमणका अलवा मृत्युको कारण पनि बन्न सक्ने पाए । शोधमा सामेल ११ विरामीमा भाइरसको जुन स्ट्रेन पाए यो यूरोपमा भेटिएको कोरोनाको स्ट्रेन जस्तै छ । एक अर्को स्ट्रेन प्राप्त भएको छ जुन कम खतरनाक छ । यो अमेरिकाको कोरोनाको सबैभन्दा कम संक्रमित क्षेत्रमा पाइनेवाला स्ट्रेन जस्तो छ ।

३. भ्याक्सिन र स्ट्रेन दुबैलाई बुझ्नु जरुरीः
अनुसन्धानको समूहका अनुसार भ्याक्सिन तयार गर्न त्यतिनै महत्वपूर्ण छ जति परिवर्तित रुपको कारण पर्नसक्ने असरलाई बुझ्नु । संसारभर यो भाइरसको सबैभन्दा बढी असर अमेरिका, इटली, स्पेन, फ्रान्स र बेलायतमा परेको छ । जर्मनी र न्यूजिल्याण्ड ति देशहरुमा पर्छन जहाँ भायरसको संक्रमण कम छ । त्यहिँ रहेको स्वीडेनमा संक्रमण र मृत्यु दुबैको प्रतिशत कम छ ।

भारतमा कोरोनाभाइरस एकल उत्परिवर्तन (सिंगल म्यूटेशन) मा
काउन्सिल अफ साइन्टिफिक एण्ड इन्डष्ट्रियल रिसर्चका विशेषज्ञ डा. सीएच मोहन रावका अनुसार, भारतमा कोरोनाभाइरस सिंगल म्यूटेशनमा छ । यसको मतलब, कोरोनाभाइरस आफ्नो रुप परिवर्तन गर्न सकेको छैन । यदी यो सिंगल म्यूटेशनमा भए चाँडै समाप्त हुने सम्भावना हुन्छ । तर भाइरसले म्यूटेशन परिवर्तन गरे खतरा बढ्नेछ र भ्याक्सिन पाउन पनि दुःख हुन्छ ।

क्याम्ब्रिज यूनिर्भसिटीका शोधकर्ताले पत्ता लगाए कोरोनाको तीन स्वरूप
चीनभन्दा पहिले क्याम्ब्रिज यूनिर्भसिटीका शोधकर्ताहरुले कोरोनाभाइरसका यस्ता ३ स्ट्रेन पत्ता लगाए जसले पूरै संसारमा संक्रमण फैलायो । यसमा टाइप-ए, बी सी नाम दिइएको छ । शोधकर्ताले संक्रमित भएका १६० रोगीमा जीनोम सिक्वेन्सको अध्ययन गरेका थिए । अनुसन्धानकर्ताले २४ डिसेम्बर २०१९देखि ४ मार्च २०२०सम्म संसारभरको नमूना लिएर तथ्यांक तयार गरिएको थियो । नयाँ कोरोनाभाइरसको तीन यस्ता प्रकार मिल्यो जुन एक अर्काभन्दा अलग थिए ।

टाइप—एः यो कोरोनाभाइरसको वास्तविक जीनोम थियो, जुन वुहानमा भएको भाइरस हो । यसको म्यूटेशन भयो र तिनमा पुग्यो जो अमेरिकन वुहामा थिए । यहाँबाट फर्कने अमेरिकी र अष्ट्रेलियनबाट उनीहरुको देशमा फैलियो ।

टाइप—बीः पूर्वी एशियन देशमा कोरोनाभाइरसको यो स्ट्रेन फैलियो । तर यो स्ट्रेन एशियाबाट निक्लिएर अर्को देशमा त्यतिधेरै फैलिएको भने छैन ।

टाइप—सीः यो स्ट्रेन विशेषगरी यूरोपियन देशमा पाइएको छ । यसको सुरुवाती संक्रमित फ्रान्स, इटली, स्वीडेन र बेलायतमा भेटिएको थियो । अनुसन्धानका अनुसार, इटलीमा यो भाइरस जर्मनीबाट पुगेको थियो र जर्मनीमा यो संक्रमण सिंगापुरबाट आएको थियो । एजेन्सीको सहयोगमा

 

गाउँ सहर डेस्क

तपाईँको मत