स्वास्थ्य

भाइरसलाई संक्रमण फैलाउन जुन प्रोटिन चाहिन्छ त्यो पुरुषमा धेरै, महिलालाई खतरा कम

काठमाडौँ । संसारभरमा कोरोनाभाइरसको संक्रमण पुरुषमा बढि पाइएको छ । यसको कारण महिलामा रोगसँग लड्ने क्षमतालाई बताइरहेका छन् । बैज्ञानिकका अनुसार, इम्युनिटीको अलावा पनि कयौँ कारण छन् । पुरुषमा जीवनशैलीसँग जोडिएका रोगहरु (लाइफस्टाइल डिजीज) को संक्रमण महिलाभन्दा बढी छ र उनीहरु आफैँलाई स्वच्छ राख्ने कुरामा पनि पछाडि छन् ।

दोस्रो कारण एसिई-२ नामको प्रोटिन, जुन कोरोना फैलनमा मद्यतकारी हुन्छ, किनकी यो भाइरस पनि आरएनए अर्थात राइबोन्यूक्लिक एसिडबाट बनेको हो जुन एक प्रकारको प्रोटिन नै हो ।

संसारका ६ देशमा जब आंकडाको तुलनाबाट स्पष्ट भयो कि महिलामा कोरोनाको संक्रमण कम छ । यसमा चीन, फ्रान्स, इटली, दक्षिण कोरिया छन् । यहाँ महिलाको तुलनामा पुरुषमा संक्रमणका कारण मृत्युको आंकडा ५० प्रतिशतसम्म बढी छ । एक शोधका अनुसार, महिलामा संक्रमण समाप्त हुनमा ४ दिन लाग्छ भने पुरुषमा ६ देखि ८ दिनसम्म लाग्न सक्छ ।

पाँच कारण, जसको कारण पुरुषमा संक्रमण बढी छ

१. धूमपानः फोक्सो खराब
न्यू इङ्गल्याण्ड अर्नल अफ मेडिसिनमा प्रकाशित शोधका अनुसार, चीनमा कोरोनाको कारण मृत्यु हुने २६ प्रतिशत धूमपान गर्दथे । उनीहरुका अनुसार, धूमपान गर्नेमा महिलाभन्दा पुरुष अगाडि छन् । संसारभरको एकतिहाई धूमपान गर्ने केवल चीनमा मात्र छन् । ब्रिटेनमा १६.५ प्रतिशत पुरुष र १३ प्रतिशत महिला धूमपान गर्छन । शोधका अनुसार सिगरेट पिउँदा पटक पटक हात मुखमा पुग्नाले खतरा बढी छ ।

आरएमएल हस्पिटल, नयाँ दिल्लीका विशेषज्ञ डा. एके वाष्र्णेयका अनुसार, कोरोनाभाइरसको संक्रमण सिगरेटको धुवाँबाट फैलँदैन, तर धुवाँले फोक्सो खराब गर्दछ । यदी कोही व्यक्ति बढी सिगरेट पिउँछ भने उसको फोक्सो कमजोर हुन्छ र भाइरसको संक्रमण बढी हुन्छ । उनीहरुमा संक्रमण चाँडै फैलने खतरा हुन्छ ।

२. कमजोर प्रतिरोधात्मक प्रणालीः महिलाको बढी मजबूद
अमेरिकन जर्नल अफ फिजियोलोजीका अनुसार, कोरोनासँग लड्नको लागि महिलाको इम्युनिटी मजबूल हुन्छ । शोधकर्ताका अनुसार, महिलामा रिलीज हुने सेक्स हार्मोन एस्ट्रोजनले शरीरमा भएको भाइरससँग लड्नको लागि सक्रिय गराउँदछ । तर पुरुषमा सेक्स हार्मोन टेस्टोस्टेरोनको असर उल्टो पर्दछ । एक्स क्रोमोजोम्समा इम्यून जिन्स (टिएलआर-७) हुन्छ जसलाई आरएनए भाइरले खोज्छ । अक्सफोर्ड यूनिर्भसिटीका इम्यूनोलोजिस्ट प्रो. फिलीप गोल्डरका अनुसार, महिलाको शरीरमा रोगसँग लड्नको लागि रेस्पोन्स तगडा हुन्छ यसकारण इम्यून सिस्टम बलियो बन्दछ र रोगसँग लड्ने क्षमता बढी हुन्छ ।

३. जीवनशैलीसँग जाेडिएका रोगः सार्सको समयमा पनि ५० प्रतिशतभन्दा बढी पुरुषको मृत्यु भएको थियो
एन्नल्स अफ इन्टरनल मेडिसिन जर्नलमा प्रकाशित शोधका अनुसार, पुरुषमा जीवनशैलीसँग जाेडिएका रोग (लाइफस्टाइल डिजीज) जस्तै उच्च रक्तचाप, डायबिटीज जस्ता रोग महिलाभन्दा पुरूषमा बढी हुन्छ । यो रोगले कोरोना संक्रमण बढाउँछ । शोधका अनुसार, २००३ मा सार्सको संक्रमणको दौरानमा पनि ५० प्रतिशत पुरुषको मृत्यु भएको थियो ।

४. एसिई-२ प्रोटिनः पुरुषमा बढी
जब कोरोनाभाइरस शरीरमा पुग्दछ तब यस्ता कोशिकाहरुसँग जोडिन्छ जुन एसिई-२ प्रोटिन रिलीज गर्दछ । सामान्यतया प्रोटिन फोक्सो, मुटु र आंतमा पाइन्छ तर यसको सबैभन्दा बढी मात्रा वृषण-वीर्य कोषमा पाइन्छ । तर महिलाको अण्डाकोषमा यो कम मात्रामा पाइन्छ ।

५. हाइजीनः पुरुष पर्सनल हाइजीन— हात धुनमा पछाडि
महामारीसँग लड्नको लागि सरसफाइसँगै पटक पटक हात धुने सल्लाह विशेषज्ञले दिएका छन् । तर उनीहरुका अनुसार पुरुषहरु अलिक अल्छि र हात कम धुने गर्दछन् । यसकारण संक्रमणले पुरुषलाई लपेटेको छ । जोन्स हप्किन्स यूनिर्भसिटीका बैज्ञानिक मैत्सुहिताका अनुसार, सफाई गर्नमा पुरुषभन्दा महिला अगाडि छन् । एजेन्सीको सहयोगमा

 

गाउँ सहर डेस्क

तपाईँको मत