स्वास्थ्य

अमेरिकामा ७२ हजार बढीले जिते कोरोनाभाइरस

काठमाडौँ । विश्वव्यापी बनेको कोरोनाभाइरसले दुइसय १२ मुलुक तथा भूभागमा कब्जा जस्तै जमाएको छ । भाइरसका कारण अमेरिकामा संक्रमित संख्या सातलाख ९२ हजार ७ सय ५९ पुगेको छ भने मृतक संख्या ४२ हजार ५ सय १४ पुगेको छ ।

यस्तै भाइरसलाई जितेर निको हुनेको संख्या ७२ हजार ३ सय ८९ जना पुगेको वर्ल्डाेमिटर्स इन्फोकोरोनाभाइरसले जनाएको छ । अहिलेसम्म अमेरिकामा ४० लाख २६ हजारको परीक्षण भएको इन्फोले बताएको छ ।

विश्वमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एकलाख ७० हजार ४ सय ३६ पुगेको छ भने संक्रमित संख्या २४ लाख ८१ हजार ३ सय ७४ पुगेको छ । निको हुनेको संख्यापनि ६ लाख ४७ हजार ७ सय ३३ पुगेको छ ।

कोरोनाको कहरले अमेरिकापछि इटली, स्पेन, फ्रान्स र बेलायत बढी पीडित बनेका छन् ।

नेपालमा भाइरसबाट कुनैपनि ज्यान गएको छैन तर संक्रमित संख्या ३१ जनामा ४ जना निको भएर घर फर्किसकेका छन् ।

 

गाउँ सहर डेस्क

तपाईँको मत