विश्व

विज्ञले भने- अमेरिकामा कोरोना परीक्षण तीनगुणा बढाउ, नत्र अवस्था खराब हुनसक्छ

वाशिंगटन, कीथ कोलिन्स । ओरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको अर्थव्यवस्थालाई तीन चरणमा खोल्ने घोषणा गरेका छन् । कयौँ अमेरिकी प्रान्तका गभर्नरपनि प्रतिबन्धमा ढिलाइ गर्न चाहन्छन् । यसलाई लिएर हार्वर्ड यूनिभर्सिटीका शोधकर्ताले चिन्ता व्यक्त गरेका छन् । उनीहरुका अनुसार प्रतिबन्धमा ढिलाई गर्नुभन्दा अमेरिकामा भएको कोरोना परीक्षणलाई तीनगुणा सम्म बढाउनु पर्छ । कुनै तरिकाको ढिलाईले धेरै ठूलो खतरा बढ्न सक्छ ।

कोविड ट्रेकिङ्ग प्रोजेक्टका अनुसार अहिले अमेरिकामा दिनमा एकलाख ४६ हजारको कोरोना परीक्षण भइरहकेको छ । अहिलेसम्म ३७ लाखको परीक्षण गरिएको छ । अमेरिकामा मे मध्यदेखि पूर्णतया खोल्नको लागि दिनमा ५ लाखदेखि ७ लाख व्यक्तिमा परीक्षण गर्नुपर्छ । शोधकर्ताका अनुसार परीक्षणको स्तर बढाउनु यसकारण पनि जरुरी छ किनकी बढी भन्दा बढी संक्रमितको पहिचान गरेर उनीहरुलाई स्वस्थ व्यक्तिबाट टाढा गर्नु अत्यन्तै जरुरी छ ।

एउटा डरलाग्दो अवस्था के छ भने अमेरिकामा अहिले जतिको कोरोना परीक्षण गरिएको छ त्यसमा २० प्रतिशत पोजेटिभ पाइएको छ । हार्वड ग्लोबल हेल्थ इन्टिच्यूटका निर्देशक आशीष झा ले भने, ‘यदि कुनै देशमा पोजेटिभ रेट बढी छ यसको मतलव स्पष्ट छ कि त्यहाँ संक्रमितको संख्यापनि बढी छ । जसको परीक्षण गरिएको छैन । यस्तो अवस्थामा पोजेटिभ रेट कम गरेपछि अर्थव्यवस्था खोल्नु राम्रो हुन्छ ।’

अमेरिकामा सबैभन्दा बढी पोजेटिभ रेट अन्य प्रान्तभन्दा न्यू जर्सीमा बढी छ । यहाँ एकलाख ५७ हजार परीक्षणमा करिब आधा कोरोना पोजेटिभ पाइएको छ ।

विज्ञका अनुसार एकलाख व्यक्तिमा कम से कम १५२ व्यक्तिमा दैनिक कोरोना परीक्षण हुनु पर्दछ । अहिले धेरै प्रान्तमा ति व्यक्तिको परीक्षण गरिएको छ जसमा गम्भीर लक्षण छन वा हेल्थ वर्कर्स छन् । शोधकर्ताका अनुसार पोजेटिभ पाइएका व्यक्तिको सम्पर्कमा आउने १० व्यक्तिको परीक्षण अनिवार्य गरिनुपर्दछ । यसको अलावा हल्का रुघाखोकीको लक्षण भएकाहरुको पनि परीक्षण जरुरी छ । अमेरिकामा परीक्षण किटको कमी र उपकरणको अभावका कारण कयौँ व्यक्तिको परीक्षण गर्न सकिएको छैन । यस्तो अवस्थामा अर्कोका संक्रमण फैलने सम्भावना बढी हुन्छ ।

जोन्स हपकिन्स सेन्टरका असिस्टेन्ट प्रोफेसर कैटलिन रिवर्सका अनुसार परीक्षण नहुँदा अमेरिकामा भाइरस यतिविघ्न फैलिएको छ । शोधकर्ताले अनुमान गरेका छन कि मे को मध्यसम्म संक्रमणको मामलामा कमी आउन सक्छ । न्यूयोर्क टाइम्सको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत