विश्व

भारतका मुम्बई, कोलकत्ता, जयपुर र इंदौरसमेत ११ शहरमा कोरोनाभाइरस संक्रमण गम्भीर

  • एजेन्सी
  • ८ बैशाख सोमबार, २०७७ | १४:०८:०० मा प्रकाशित

नयाँ दिल्ली । यहाँको गृह मन्त्रालयले केही शहरमा कोरोना संक्रमणको अवस्थालाई लिएर चिन्ता व्यक्त गरेको छ । 

मन्त्रालयले विशेष गरी मध्यप्रदेशका इंदौर, महाराष्ट्रको मुम्बई र पुणे, राजस्थानको जयपुर, पश्चिम बंगालको कोलकत्ता, हावडा, मेदनीपूर पूर्व २४ उत्तर परगना, दार्जीलिंग, कालिम्पोंग र जलपाइगुडीको अवस्था गम्भीर रहेको बताएको हो । 

भारतमा अहिलेसम्म कोरोनाभाइरसको कारण मृत्यु हुनेको संख्या ५५९ छ भने संक्रमित संख्या १७ हजार ६ सय १५ पुगेको छ ।
 

एजेन्सी

तपाईँको मत