स्वास्थ्य

अमेरिकामा कोरोनाबाट ४० हजार बढीको मृत्यु, विश्वमा एकलाख ६५ हजार नाघे

काठमाडौँ । कोरोनाको कहरले विश्व अक्रान्त बनेको छ । यसमा पनि अमेरिका सबैभन्दा प्रताडित बनेको छ ।

अमेरिकामा अहिलेसम्म ४० हजार पाँचसय ५३ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या सातलाख ६३ हजार ८ सय ३२ पुगेको छ ।

दुइसय १२ मुलुक र भूभागमा फैलिएको कोरोनाभाइरसले विश्वभर एकलाख ६५ हजार ५४ जनाको ज्यान लिएको छ भने संक्रमित संख्या २४ लाख ६ हजार ८ सय २३ पुगेको वर्ल्डाेमिटर्स डट इन्फोकोरोनाभाइरसले जनाएको छ ।

इन्फोका अनुसार अहिलेसम्म निको हुनेको संख्या ६ लाख १६ हजार ८ सय ७० पुगेको छ ।

कोरोनाले अमेरिकापछि इटली, स्पेन, फ्रान्स, बेलायतलाई नराम्ररी गाजेको छ । 

भारतमा भाइरसबाट मृत्यु हुनेको संख्या ५ सय ५९ पुगेको छ भने नेपालमा संक्रमितको संख्या ३१ जसका ४ जना निको भइ घर फर्किसकेका छन् ।
 

गाउँ सहर डेस्क

तपाईँको मत