स्वास्थ्य

कोरोनाभाइरस जितेर घर फर्कने ६ लाख नजिक

काठमाडौँ । दुइसय १२ मुलुक तथा भूभागमा फैलिएको कोरोनालाई जितेर घर फर्कनेको संख्या पाँचलाख ९६ हजार ५ सय ३७ पुगेका छन् । 

वर्ल्डाेमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार अहिलेसम्म भाइरसका कारण मृत्यु हुनेको संख्या एकलाख ६० हजार ७ सय ५५ र संक्रमित संख्या २३ लाख ३० हजार ९ सय ३७ पुगेका छन् ।

सक्रिय घटना १५ लाख ७३ हजार ६ सय ४५ विरामीमध्ये ५५ हजार २ सय ६५ जना अर्थात ४ प्रतिशत गम्भीर छन् ।

भाइरसका कारण ज्यान गुमाउनेको संख्या अमेरिकामा धेरै छ । अहिलेसम्म त्यहाँ ३९ हजार १४ जनाले ज्यान गुमाइसकेका छन भने संक्रमितको संख्या सातलाख ३८ हजार ८ सय ३० पुगेको छ । 

यस्तै अर्को चपेटामा परेको मुलुक इटलीमा मृतकको संख्या २३ हजार २ सय २७, संक्रमित संख्या एकलाख ७५ हजार ९ सय २५ रहेको छ । स्पेनमा २० हजार ६ सय ३९ को मृत्यु र एकलाख ९४ हजार ४ सय १६ जना संक्रमित भएका छन् । 

अर्का पीडित मुलुकहरू फ्रान्समा १९ हजार ३ सय २३ को मृत्यु र एकलाख ५१ ह्जार ७ सय ९३ संक्रमित, बेलायतमा १५ हजार ४ सय ६४ को मृत्यु र एकलाख १४ हजार २ सय १७ मा संक्रमण रहेको छ । 

यस्तै बेल्जियम, ईरान, चीन, जर्मनी, नेदरल्याण्ड, ब्राजिल माथिपछिका पीडित मुलुक भएका छन् ।

भाइरसका कारण भारतमा ५२१ जनाको मृत्यु भएको छ भने १५ हजार ७ सय २२ जना संक्रमित भएका छन् । यता नेपालमा संक्रमितको संख्या ३१ रहेको जसमध्ये ३ जना निको भएका छन् ।
 

गाउँ सहर डेस्क

तपाईँको मत