विश्व

लकडाउन कोभिड-१९ को समाधान होइन : राहुल गांधी

  • एजेन्सी
  • ४ बैशाख बिहीबार, २०७७ | १७:२०:०० मा प्रकाशित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरस संकटबीच कांग्रेस नेता राहुल गांधीले आज भिडियो कन्फरेन्स गरे । मिडियासँग बातचित गर्दै राहुल गांधीले लकडाउन कोरोना समाधानको हल नभएको बताए । 

लकडाउन समाधान नभएको र यसले केहिसमय धकेल्न सहयोग पुर्याउला तर समाप्त गर्न नसक्ने नेता गांधीले बताए ।

उनले भने, ‘जब लकडाउन खुल्छ तब देखिन थालिहाल्छ । लकडाउनले केवल भाइरससँग तयारी गर्ने मद्यत गर्दछ । लकडाउनबाट कोरोनाभाइरसलाई हराउन सकिँदैन ।’

भारतमा मे ३ सम्म पुनः लकडाउन बढाइएको छ, जुन विश्वकै सबैभन्दा बढी हो । भारतमा अहिलेसम्म ४२३ जनाको मृत्यु भइसकेको छ भने १२,४५६ जनामा संक्रमण फैलिएको छ ।
 

एजेन्सी

तपाईँको मत