स्वास्थ्य

कोरोनाबाट बच्नु छ ? अनुहार छुन छाड्नुहोस, हामी हरेकघण्टा २६ पटक अनुहार छुँदैछौँ !

टारा पार्कर पोप । कोरोनाभाइरसले संसारभरमा १.२६ लाखको ज्यान लिइसकेको छ । २० लाखबढीमा संक्रमण फैलिसकेको छ । यो महामारीबाट बच्नको लागि सेन्टर फर डिजीज कन्ट्रोल र डब्लूएचओले पहिलो दिनबाटै मानिसलाई हरेक घण्टा हात धुन र अनावश्यक रुपमा नाक, आँखा, कानलाई छुन मनाही गरेको छ । तर चिन्ता यो कुराले बढाइदिएको छ कि मानिसहरु अहिलेपनि हरेक घण्टा २३ पटक अनुहारका विभिन्न अंग (आँखा, नाक, मुख, निधार, कान) छोइरहेका छन् ।

यो खुलासा अमेरिकाका डा. नैन्सी सी. एलडर, डा. विलियम पी. सोयर र अस्ट्रेलियाका डा. मैक्लाव्सले आफ्नो अध्ययनको आधारमा गरेका हुन् । यी तीन डाक्टर फेस टचिंगमा अध्ययन गरिरहेका छन् । उनीहरुले न्यूयोर्क टाइम्ससँग विशेष कुराकानी गर्दै कोरोनाबाट बच्नको लागि अनावश्यक अनुहार छुने बानी छोड्नुपर्ने बताए ।

१. आँखा, कान र नाक छुनु फोहोरी बानी, सजिलै बानी छुट्दैन
पोर्टल्याण्डस्थित ओरेगन हेल्थ एण्ड साइन्स यूनिभर्सिटीमा फेमिली मेडिसिनका प्रोफेशर डा. नैन्सी सी. एलडरका अनुसार आँखा, कान र नाक छुनु फोहोरी बानी हो । उनले आफ्नो क्लिनीकमा १ घण्टाभित्र ७९ विरामीले १९ पटक अनुहार छोएको बताइन् । यसबाट अनेक भाइरस सो माध्यमबाट शरीरभित्र प्रवेश गर्ने हुनाले उनले यो बानी त्याग्नुपर्ने बताइन् ।

२. मानिसहरु सामुदायिक स्थानमा पनि ध्यान दिँदैनन र अनुहार छोइरहन्छन्
ओहियोका शेरोनविले मा फेमिली फिजिसियन र हेन्रीदहेन्ड डटकमका संस्थापक डा. विलियम पी. सायरले मानिसलाई हात सेनिटाइज गर्न र अनाहकमा अनुहार नछुनेप्रति जागरुक कार्यक्रम चलाउँछन् । उनको कार्यक्रममा ठूलादेखि साना बच्चा सामेल हुन्छन् । उनी भन्छन्— हरकोहि आफ्नो अनुहार छुन्छन, यो बानी नै हो । म भन्छु कि यो महामारीमा सामुदायिक स्थानमा आफ्नो अनुहार नछुनुहोस् । यसबाट संक्रमण फैलन्छ ।

३. कयौँ मानिस एक मिनेटमै १२ पटक अनुहार छुन्छन्
सिड्नीस्थित साउथ वेल्स विश्वविद्यालयमा महामारी र संक्रमण विषयका प्रोफेशर डा. मैरी लुईस मैक्लाव्स भन्छिन्— मेरो रिपोर्ट कोरोनाको यो महामारीमा प्रासंगिक छ । मैले रिपोर्टमा २६ विद्यार्थीको आधारमा बनाएको थिएँ । जसमा हरेक घण्टाको दौरानमा मानिस औसत २३ पटक अनुहार स्पर्श गर्दछन् । यतिधेरै अनुहार छुनु विशेष गरी कोरोना जस्ता महामारीमा झनै भयावह हुन्छ । त्यसैले यो गलत बानी त्याग्नुहोस् । छुनैपरे सफा कपडाकाे प्रयाेग गर्न सकिन्छ । न्यूयोर्क टाइम्सको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत