विश्व

अमेरिकाले विश्व स्वास्थ्य संगठनको सहयोग रोक्यो, ट्रम्पले भने- संगठनले कोरोनालाई गम्भीरतासँग लिएन

वाशिङ्गटन । अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहयोग रोकेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार यो कुराको घोषणा गरेको हो ।

राष्ट्रपति ट्रम्पले डब्लूएचओले चीनमा फैलिएको कोभिड-१९ को गम्भीरतालाई लूकाएको भन्दै यदी संगठनले राम्रोसँग काम गरेको भए संसारमा न यो फैलने थियो न यतिधेरै मृत्यु हुने थियो भने । 

ट्रम्पले प्रेस कन्फरेन्समा भने— मैले प्रशासनलाई फन्डिङ्ग रोक्ने आदेश दिँदैछु । डब्लूएचओले यो महामारीलाई लिएर पारदर्शिता राखेन । यूएनको यो संस्थालाई सबैभन्दा बढी सहयोग दिने अमेरिका अब यसमा विचार गर्नेछ, त्यो पैसा के गर्ने ।

ट्रम्पले अमेरिकाले हरेक साल डब्लूएचओलाई ४००-५०० मिलियन डलर दिन्छ, जबकि चीनको योगदान ४० मिलियन डलर रहेको बताए । 

डब्लूएचओका महानिर्देशक टेड्रोस गेब्रेससले भनेका थिए कि कोभिड-१९ को मामलालाई राजनीतिक रंग दिँदा केवल मृत्युको आंकडा मात्र बढ्ने छ ।

ट्रम्पको आरोप— डब्लूएचओले आफ्नो दायित्व निभाएन

राष्ट्रपति ट्रम्पले कोरोनालाई लिएर डब्लूएचओले आफ्नो दायित्व निभाउनबाट चुकोको बताए । उनले रोगको गाम्भीर्यता डब्लूएचओले लुकाएको आरोप लगाए । उनले डब्लूएचओले चीनको पक्ष लिएको आरोपसमेत लगाएका थिए ।

उनले भने, ‘चीनको वुहान शहरमा जब कोरोनाभाइरसको मामला आयो तब डब्लूएचओले त्यसको आंकलन गर्न असफल रह्यो । के डब्लूएचओले मेडिकल एक्सपर्टद्वारा चीनको अवस्था आंकलन गर्यो ? यो महामारीलाई वुहानमा मात्र सीमित गर्न सक्थ्यो र कम ज्यान जान सक्थ्यो । हजारौँ ज्यान बच्ने र वैश्विक अर्थव्यवस्थापनि नोक्सानी हुँदैनथियो ।’

यूएन चीफले भने- यो फैसला सहि होइन

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले ट्रम्पको निर्णय सहि नभएको बताए । उनले भने— विश्व स्वास्थ्य संगठन या अन्य मानवीय संगठनलाई सहयोग कम गर्ने यो समय उचित होइन । उनले भने, ‘मलाई भन्नु छ कि कोरोनाविरुद्ध लडाईं जित्नको लागि डब्लूएचओलाई सहयोग दिनुपर्छ ।’

अमेरिकामा २४ घण्टामा दुई हजार ४ सय बढीको मृत्यु

अमेरिकामा कोरोनाभाइरसको कारण मृत्यु अहिलेसम्म २६ हजार ५९ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै दुई हजार ४ सय बढीको मृत्यु भएको हो । जहाँ संक्रमित संख्या विश्वकै सबैभन्दा बढी ६ लाख १४ हजार एकसय १७ पुगेको छ ।

हालसम्म २ सय १२ देश र भूभागमा कोरोनाभाइरसका कारण एकलाख २६ हजार ७ सय २९ जनाको ज्यान गइसकेको छ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत