स्वास्थ्य

दुईसय १२ मुलुक र भूभागमा फैलिएको कोरोनाले एकलाख २६ हजार बढीको ज्यान लियो

काठमाडौँ । दुईसय १२ मुलुक र भूभागमा फैलिएको कोरोनाभाइरसले एकलाख २६ हजार ६ सय ४ जनाको ज्यान लिएको छ ।

वर्ल्डाेमिटर्स डट इन्फोकोरोनाभाइरसको ताजा जानकारी अनुसार भाइरसले अहिलेसम्म १९ लाख ९८ हजार एकसय ११ जनामा पीडा दिएको छ भने चारलाख ७८ हजार ६ सय ५९ जना भाइरस जितेर घर फर्केका छन् ।

भाइरसले अमेरिकामा मात्र २६ हजार ४७ जनाको ज्यान लिएको छ । भाइरसका कारण मृत्यु हुनेको संख्या इटलीमा २१ हजार ६७ जना छन भने अर्को पीडित मुलुक स्पेनमा पनि मृत्युको संख्या १८ हजार २ सय ५५ पुगेको छ ।

यस्तै भाइरसका अन्य बढी चपेटामा परेका मुलुक फ्रान्समा १५ हजार ७ सय २९, बेलायतमा १२ हजार एकसय ७ जनाको मृत्यु भएको छ ।

छिमेकी भारतमा भाइरसका कारण ज्यान गुमाउनेको संख्या तीनसय ९३ पुगेको छ भने नेपालमा १४ संक्रमित पुगेका छन् ।
 

गाउँ सहर डेस्क

तपाईँको मत