पूर्वाधार

कोरोनाभाइरसः विश्वभर १९ लाख २२ हजार बढी संक्रमित, अमेरिकामा मात्रै मृतक २३ हजार नाघे

काठमाडौँ । कोरोनाभाइरसका कारण विश्वमा ज्यान गुमाउनेको संख्या दिनकै बढ्दो छ । 

वर्ल्डाेमिटर्स डट इन्फो कोरोनाभइरसका अनुसार अहिलेसम्म ज्यान गुमाउनेको संख्या एकलाख १९ हजार ५ सय ६८ पुगेको छ । यस्तै संक्रमित संख्या १९ लाख २२ हजार ९ सय २६ भने निको हुनेको संख्या ४ लाख ४३ हजार ८ सय ६१ पुगेको छ ।

यसमध्ये अमेरिका सबैभन्दा बढी प्रताडित भएको छ जहाँ अहिलेसम्म २३ हजार ५ सय ९२ जनाको मृत्यु भएको छ भने ५ लाख ८६ हजार ९३ जना संक्रमित भएका छन् ।

२ सय १२ मुलुक तथा भूभागमा फैलिएको कोरोनाका कारण बढी चपेटामा परेका अन्य मुलुकहरुमा इटली जहाँ २० हजार ४ सय ६५ को मृत्यु भएको छ । यस्तै स्पेनमा १७ हजार ७५६, फ्रान्समा १४ हजार ९६७, बेलायतमा ११,३२९, इरानमा ४ हजार ५ सय ८५ जनाको मृत्यु भइसकेको छ । 

विश्वका अधिकांशत देश अहिले लकडाउनकाे अवस्थामा छन् ।
 

गाउँ सहर डेस्क

तपाईँको मत