विश्व

डब्लूएचओको चेतावनी- जबसम्म भ्याक्सिन बन्दैन तबसम्म मानिसको पछिपछि रहनेछ भाइरस

  • एजेन्सी
  • १ बैशाख सोमबार, २०७७ | १६:२६:०० मा प्रकाशित

वाशिङ्गटन । विश्व स्वास्थ्य संगठनका विशेष दूत डेविड नाबरोले आइतबार एनबीसीको ‘मिट द प्रेस’ कार्यक्रममा चेतावनी दिएका छन कि कोरोनाभाइरस इन्फ्लूएन्जा कुनै मौसमी विरामी होइन । यसको जबसम्म भ्याक्सिन तयार हुँदैन तबसम्म यो प्रकोप जारी रहनेछ ।

संसारभरमा कोरोनाभाइरसको संक्रमण १८ लाख ६२ हजार बढीमा पुगिसकेको र एकलाख १४ हजार बढीको मृत्यु भइसकेको छ । यसमध्ये ४ लाख ३१ हजार बढी निको भएका छन् ।

विशेष दूत डेभिडले भने— मलाई लाग्छ कि यो यस्तो भाइरस हो जो मानव जातिसँग लामो समयसम्म पछि पर्नेछ । केवल भ्याक्सिनले मात्र यसबाट बच्न सकिन्छ ।
 

एजेन्सी

तपाईँको मत