विश्व

अमेरिकामा वृद्धभन्दा १८ देखि २४ वर्षका युवामा कोरोना चिन्ता ५ गुणा बढी

न्यूयोर्क, अमेरिका । कोरोनाभाइरस कहरले अमेरिकामा ५ लाख ६० हजार ४ सय ३३ जनालाई सताएको छ । दैनिक यो संख्या बढ्दै जाँदा समग्र विश्व आजित बनेको छ । अहिलेसम्म अमेरिकामा २२ हजार बढीको ज्यान गइसकेको छ ।

संसारभरको तथ्यांक संकलक अमेरिकी संस्था वण्डरमेन थम्पसनको एक सर्वेक्षणले १८ देखि २४ वर्षका युवामा चिन्ता थपेको खुलासा गरेको छ ।

सर्वेक्षणमा युवालाई कोरोना र यसबाट बचाउ र महामारी समाप्तिपछिको अवस्थाको बारेमा प्रश्न गरिएको थियो । सहभागी १८ देखि २४ वर्षका युवा बढी चिन्तित थिए । सर्वेबाट यो कुरा पत्ता लाग्यो कि अमेरिकामा वृद्धको तुलनामा यो उमेर समुहका व्यक्तिहरु चिन्तित थिए । ७७ प्रतिशतले प्रत्येक २ घण्टामा हात धोइरहेका थिए । ५२ प्रतिशतले नाइट क्लब र ६६ प्रतिशतले बार तथा रेस्टुराँ जान छाडेका थिए । ६८ प्रतिशतले हात मिलाउन बन्द गरेका थिए ।

अध्ययन संस्थाले भनेको छ— कोरोना चिन्ताको स्तर ३६ प्रतिशत छ । तर इराक युद्ध र कोरोनामा फरक छ । अहिले संक्रमण र मृत्युदर लगातार बढीरहेको छ । युवाहरु चिन्तित हुनु स्वभाविक हो ।

सर्वेका अनुसार न्यूयोक, न्यू जर्सी, क्यालिफोर्निया, वाशिंगटन र मिशिगन राज्यमा बढी चिन्ता छ ।

कोरोनाभाइरससँग सम्वन्धित सर्वेमा निम्न प्रश्न सोधिएको र उत्तर यस्तो आएको थियो 
- के तपाईं लगातार हात धोइरहनुभएको छ ?
७७ प्रतिशतले स्वीकारे, हरेक दुइघण्टामा ।

- तपाईं घरबाट कतिबेला बाहिर निस्कनुहुन्छ ?
७१ प्रतिशतले भने— धेरै कम, सायद हप्तामा एकपटक ।

- नाइट क्लब जानुहुन्छ ?
५२ प्रतिशतले भने— बन्द गरिसक्यौँ ।

- साथीभाइ र इष्टमित्रसँग भेट्नुहुन्छ, अंकमाल गर्नुहुन्छ ?
६१ प्रतिशतले भने— न अंकमान न किस ।

- हात मिलाउनु हुन्छ ?
६८ प्रतिशतले स्वीकारे— खतरा हुन्छ ।

- तपाईं मलबाट सामान किनिरहनुभएको छ ?
६८ प्रतिशतले भने— जानबाट बचिरहेका छौँ ।

- सेनिटाइजरको प्रयोग गर्नुहुन्छ ?
५९ प्रतिशतले भने— पटक पटक ।

- सम्भव भए तपाईं घरबाट काम गर्न मनपराउनु हुन्छ ?
६३ प्रतिशतले भने— अहँ, घरबाट काम गर्दैनौँ ।

- बर या रेष्टुराँ जानुहुन्छ ?
६६ प्रतिशतले भने— जान छाडिसक्यौँ । 

- पब्लिक ट्रान्सपोटेशन प्रयोग गर्नुहुन्छ ?
५६ प्रतिशतले भने— छैन, यसबाट बच्छौँ ।

एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत