स्वास्थ्य

कोरोनाभाइरसले अमेरिकामा २२ हजार बढीको ज्यान लियो, विश्वमा एकलाख १४ हजार नाघे

काठमाडौँ । २१० देश र २ अन्तर्राष्ट्रिय ढुवानीमा फैलिएको कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या एकलाख १४ हजार २ सय ४८ पुगेको छ ।

वर्ल्डाेमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार भाइरसका कारण ज्यान गुमाउनेको संख्या सबैभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा अहिलेसम्म २२ हजार एकसय १५ जनाको मृत्यु भएको छ भने ५ लाख ६० हजार ४ सय ३३ जना संक्रमित भएका छन् ।

इन्फोका अनुसार भाइरसको संक्रमण १८ लाख ५३ हजार एकसय ८३ मा पुगेको छ भने निको हुनेको संख्या पनि बढेर ४ लाख २३ हजार ६ सय २५ पुगेको छ ।

भाइरसका कारण अमेरिका, इटली, स्पेन, फ्रान्स, बेलायत बढी प्रताडित छन् ।
 

गाउँ सहर डेस्क

तपाईँको मत