स्वास्थ्य

कोरोनाभाइरसबाट एकलाख १० हजार बढीको ज्यान गयो 

काठमाडौँ । २ सय १२ मुलुक तथा भूभागमा फैलिसकेको कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या एकलाख १० हजार २९ पुगेको छ । 

भाइरसबाट अहिलेसम्म १७ लाख ९६ हजार ४ सय १४ संक्रमित पाइएको र निको हुनेको संख्या ४ लाख १२ हजार ७० पुगेको वर्ल्डाेमिटर्स डट इन्फोकोरोनाभाइरसले जनाएको छ ।

विश्व अहिले हात धोएर कोरोनाविरुद्ध लागिपरेका छन् ।

नेपालमा पनि १२ जना संक्रमित पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्ला ३ जना संक्रमित भारतीय हुन् ।
 

गाउँ सहर डेस्क

तपाईँको मत