स्वास्थ्य

कोरोनाभाइरस जित्नेको संख्या ४ लाख नाघ्यो

काठमाडौँ । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोनाभाइरसलाई जित्नेको संख्या दिनकै बढ्दो छ । भाइरसबाट निको भएर अहिलेसम्म ४,०४,०३१ जना घर फर्केका छन् ।

तर भाइरस अहिलेसम्म २१२ मुलुक तथा भूभागमा फैलिसकेको छ भने १,०८,८२७ जनाको ज्यान लिइसकेको छ । यस्तै संक्रमितको संख्या १७,८०,३१४ पुगेको वर्ल्डाेमिटर्स डट इन्फोकोरोनाभाइरसले जनाएको छ ।

अहिलेसम्म भाइरसका कारण अमेरिका प्रताडित छ जहाँ २०,५७७ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ५,३२,८७९ पुगेको छ ।

यस्तै भाइरसको चपेटामा इटली (१९,४६८ मृत्यु), स्पेन (१६,६०६ मृत्यु), फ्रान्स (१३,८३२ मृत्यु) बढी पीडित मुलुकमा परेका छन् ।
 

गाउँ सहर डेस्क

तपाईँको मत