गाउँ सहर

के तपाईंलाई थाहा छ ? विश्वका यी मुलुक तथा भू-भाग जहाँ कोरोना छैन

काठमाडौँ । जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको तथ्याङ्कअनुसार कोभिड-१९, १८० भन्दा धेरै देश तथा भू-भागमा फैलिसकेको छ । यस्तै वर्ल्डाेमिटर्स डट इन्फाेकाेराेनाभाइरसका अनुसार विश्वका २०९ देश र २ अन्तर्राष्ट्रिय ढुवानीमा काेराेनाभाइरस फैलिसकेकाे छ ।

विश्वका यी स्थानमा भाइरसका कारण ज्यान गुमाउनेकाे संख्या झण्डै एकलाख पुग्न लागेकाे छ भने १६ लाखभन्दा बढी संक्रमित भएका छन् । र निको हुनेको संख्या साढे तीनलाख बढी भइसकेकाे छन् । 

भाइरसले ठूलाे सानाे भनेकाे छैन, यहि भएरपनि वैश्विक रूपमा काेराेना सबैतिर फैलिइरहेकाे छ । प्रायः देशहरू अहिले लकडाउनकाे अवस्थामा छन् ।

तर, तपाईंलाई थाहा छ ? यी भाग्यमानी देश तथा भू-भाग जहाँ काेराेनाकाे कुनै कहर छैन, निर्वाद जीवन चलिरहेकाे छ अन्य समय जस्तै । मतलव् यहाँ काेराेनाभाइरस प्रवेश गरेकै छैन । आउनुहाेस जानाैँ ती स्थानहरू कुन कुन हुन् ।

काेभिड-१९ नभेटिएका यी ३८ स्थानहरूः

  1. ओलन्ड द्वीप
  2. अमेरिकन समोआ
  3. एन्टार्क्टिका
  4. बनेअर, सिन्ट अस्टाशियस एन्ड साबा
  5. बूभे द्वीप
  6. ब्रिटिश हिन्द महासागर क्षेत्र
  7. क्रिस्मस द्वीप
  8. कोकोस (कीलिङ) द्वीप
  9. कमरोज
  10. कूक द्वीप
  11. फ्रेन्च सदर्न टेरिटरीज
  12. हर्ड एन्ड म्याक्डोनल्ड्स द्वीप
  13. किरबाटी
  14. लसूटू
  15. मार्शल द्वीप
  16. माइक्रोनेशिया
  17. नाउरु
  18. नीयूए
  19. नोर्फक द्वीप
  20. उत्तर कोरिया
  21. पलाउ
  22. पिट्केअर्न द्वीप
  23. सेन्ट हलिना
  24. सेन्ट पिएर तथा मिकेलन द्वीप
  25. समोआ
  26. सोलोमन द्वीप
  27. साउथ जोर्जा तथा साउथ स्यान्ड्विच
  28. स्प्र्याट्ली द्वीप
  29. स्वाल्बार तथा जेन मेअन द्वीप
  30. ताजिकिस्तान
  31. टोकलाउ
  32. टोङ्गा
  33. तुर्क्मेनिस्तान
  34. टूभालू
  35. यूएस माइनर आउट्लाइङ आईलन्ड्स
  36. भानुआटु
  37. वालिस एन्ड फुटुना आईलन्ड्स
  38. येमन

स्राेतः जाेन्स हप्किन्स यूनिभर्सिटी ।

संसारभरलाई जालमा पारेकाे भाइरस यी राष्ट्रमा नपुग्नुलाई भिडभाड नहुने, जनसङ्ख्या कम छ र धेरै मानिसको आउजाउ छैन, एकतन्त्रीय शासन र गृहयुद्ध कारण हुनसक्ने बीबीसीले बताएकाे छ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत