पूर्वाधार

कोभिड-१९ हराउँदै नयाँ जीवन जीउनेको संख्या तीनलाख नजिक

काठमाडौँ । कोरोनाभाइरस (कोभिड-१९) का कारण मृत्यु हुनेको संख्या दिनकै बढिरहेको छ । अहिलेसम्म मृतकको संख्या ७४,७०२ पुगेको छ । 

तर दुःखसँगै खुसीका कुरापनि छन् । अहिलेसम्म भाइरसलाई जित्ने र नयाँ जीवन जीउनेको संख्यापनि दिनकै बढिरहेको छ । यो संख्या अहिले २,७८,६८९ पुगेकाे छ ।

यस्तै भाइरस फैलनेक्रम पनि उत्तिकै बढ्दो छ । 

वर्ल्डाेमिटर्स डट इन्फोकोरोनाभाइरसको अहिलेसम्मको जानकारी अनुसार भाइरस २०९ देश र दुई अन्तर्राष्ट्रिय ढुवानीमा फैलिसकेको छ भने अहिलेसम्म संक्रमितको संख्या १३,४६,९५९ पुगेका छ । 

सम्पूर्ण संक्रमितमध्ये ५ प्रतिशत अर्थात ४७,२४९ जनाको अवस्था भने गम्भीर रहेको इन्फोले जनाएको छ ।

भाइरसका कारण इटली, स्पेन, अमेरिका, फ्रान्स, बेलायत, चीन, इरान, जर्मनी, बेल्जियम, नेदरल्याण्ड बढी चपेटामा छन् ।
 

गाउँ सहर डेस्क

तपाईँको मत