स्वास्थ्य

कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या ७० हजार नाघ्यो

काठमाडौँ । काठमाडौँ । कोरोनाभाइरस (कोभिड-१९) का कारण मृत्यु हुनेको संख्या दिनकै बढिरहेको छ । अहिलेसम्म मृतकको संख्या ७०,५६७ पुगेको छ ।

वर्ल्डाेमिटर्स डट इन्फोकोरोनाभाइरसको अहिलेसम्मको जानकारी अनुसार भाइरस २०८ देश र दुई अन्तर्राष्ट्रिय ढुवानीमा फैलिसकेको छ भने अहिलेसम्म संक्रमितको संख्या १२,८८,३१९ पुगेकाे छ । 

यस्तै भाइरसलाई जित्नेको संख्यापनि बढेर २,७२,०२४ पुगेको, संक्रमितमध्ये ५ प्रतिशत अर्थात ४६,०५८ जनाको अवस्था गम्भीर रहेको इन्फोले जनाएको छ ।

भाइरसका कारण सबैभन्दा बढी मृत्यु इटलीमा भएको छ जहाँ अहिलेसम्म ज्यान गुमाउनेको संख्या १५,८८७ पुगेका छन् । तर संक्रमितको संख्या भने अमेरिकामा बढ्दो छ जहाँ अहिलेसम्म ३,३६,९०६ संक्रमित भइसकेका छन् । 
 

गाउँ सहर डेस्क

तपाईँको मत