स्वास्थ्य

कोरोना महामारी : ७९ प्रतिशत डिस्चार्ज, २१ प्रतिशतको मृत्यु

काठमाडौँ । अहिलेसम्म कोरोनाभाइरस २०५ देश, २ अन्तर्राष्ट्रिय ढुवानीमा फैलिसकेको छ । 

यो समाचार तयार पार्दासम्म कोरोनाभाइरसका कारण मृतकको प्रतिशत १२ छ जुन संख्यामा हेर्दा ५९,१७९ को मृत्यु हो ।

कोरोनाले अहिलेसम्म १०,९९,०८० लाई थला पारेको छ । यसबाट निको हुनेको संख्या २,२८,९३८ पुगेको वर्ल्डओमिटर्स डट इन्फोकोरोनाभाइरसले जनाएको छ ।

यसमध्ये सक्रिय घटना ८,१०,९६३ मध्ये ७,७१,५७२ अर्थात ९५ प्रतिशत मध्यम अवस्था र ३९,३९१ अर्थात ५ प्रतिशतको अवस्था गम्भीर छ । 

यस्तै बन्द घटना २,८८,११७ मध्ये २,२८,९३८ अर्थात ७९ प्रतिशत अस्पतालबाट डिस्चार्ज भएका छन भने ५९,१७९ अर्थात २१ प्रतिशतको मृत्यु भएको छ ।

भाइरसले इटली मृत्युमा र संक्रमितको आधारमा अमेरिकालाई नमज्जाले चपेटामा पारेको छ । वैश्विक राष्ट्रहरु महामारीको चपेटाबाट बाहिर निस्कन अधिक प्रयास गरिरहेका छन् ।

गाउँ सहर डेस्क

तपाईँको मत