स्वास्थ्य

२०४ देश २ अन्तर्राष्ट्रिय ढुवानीमा कोरोनाः मृतक संख्या ५४,४६३ पुग्यो

काठमाडौँ । यो समाचार तयार पार्दासम्म कोरोनाभाइरस २०४ देश २ अन्तर्राष्ट्रिय ढुवानीमा फैलिसकेको छ । 

वर्ल्डओमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार अहिलेसम्म भाइरसका कारण ५४,४६३ जनाको ज्यान गइसकेको छ ।

इन्फोका अनुसार अहिलेसम्म विश्वमा १०,३४,०९८ संक्रमित भएको र २,२०,०२३ जना निको भएका छन् । यसमध्ये सक्रिय घटना ७,५९,६१२ र बन्द घटना २,७४,४८६ रहेका छन् ।

भाइरसका कारण धेरै मृतकको संख्या इटलीमा १३,९१५, स्पेनमा १०,९३५, अमेरिकामा ६,०९८, फ्रान्समा ५,३८७, चीनमा ३,३२२, इरानमा ३,२९४ जनाको मृत्यु भइसकेको छ ।

संक्रमणको हिसावले अमेरिका पहिलो जहाँ २,४५,४४२ पुगेका छन् । स्पेनमा १,१७,७१०, इटलीमा १,१५,२४२ पुगेका छन् ।

भाइरससँग विश्व विभिन्न रणनीतिका साथ लागिपरेका छन् ।
 

गाउँ सहर डेस्क

तपाईँको मत