स्वास्थ्य

काेराेना कहरः ५३,१६७ जनाको मृत्यु हुँदा २,१२,०३५ निको भए तर १०,१५,०५९ संक्रमित्

काठमाडौँ । विश्वका २०४ स्थान र २ अन्तर्राष्ट्रिय ढुवानीमा फैलिएको कोरोनाभाइरसले अहिलेसम्म ५३,१६७ जनाको ज्यान लिएको छ । 

वर्ल्डओमिटर्स डट इन्फोकोरोनाभाइरसको जानकारी अनुसार भाइरसको संक्रमण अहिलेसम्म १०,१५,०५९ जनामा पुगेको छ । यसमा निको हुनेको संख्यापनि बढेर २,१२,०३५ पुगेका छन् ।

इन्फोका अनुसार अहिलेसम्म सक्रिय घटना ७,४९,८५७ छन भने बन्द घटना २,६५,२०२ रहेका छन् ।

भाइरसको चपेटाले मृत्युदर इटलीमा दुखदायी छ भने संक्रमितको हिसावले अमेरिका नराम्ररी थिलिएको छ । क्रमशः इटली, स्पेन, अमेरिका, फ्रान्स, इरान, चीन, यूके, बेलजियम, नेदरल्याण्ड भाइरसका कारण ज्यान गुमाउनेकाे शिर्ष स्थानमा छन् ।
 

गाउँ सहर डेस्क

तपाईँको मत