प्रेरणा

९३ र ८८ वर्षका वृद्ध जोडीले कोरोनाभाइरसलाई यसरी जिते

  • एजेन्सी
  • १९ चैत बुधबार, २०७६ | १४:३६:०० मा प्रकाशित

केरल, भारत । अहिलेको अवस्थामा संसारका वृद्धवृद्धा कोरोनाभाइरसको चपेटामा छन । वृद्धवृद्धालाई यो भाइरसले नराम्ररी दुःख दिइरहेको छ । तर भारतको केरलबाट खुसीको समाचार यो आएको छ कि ९३ र ८८ वर्षिय पति-पत्नीले कोरोनाभाइरसलाई हराएका छन् ।

उनीहरुले सादा जीवनशैली र पौष्टिक भोजनको मद्यतबाट कोरोनाभाइरस भगाएका हुन् ।

कयौँ दिनसम्म अस्पतालमा भर्ति रहेको उनीहरु कोरोनाभाइरसको संक्रमणबाट पूर्णतया मुक्त भएपछि अस्पतालले चमत्कार भएको बताएको छ । अस्पतालको पृथक वार्डमा भर्तिको समयमा ९३ वर्षिय थोमस अब्राहमले आफ्नो खानपान परिवर्तन गरेनन् । 

स्मरण रहोस्, थोमर र मरियम्मा (८८) लाई यो संक्रमण अघिल्लो महिना इटलीबाट फर्किएका छोरा बुहारीमार्फत सरेको थियो । तर अहिले परिवारका पाँचैजना संक्रमणमुक्त भएका छन् । उनीहरुलाई बुधबार अस्पतालबाट डिस्चार्ज गरिनेछ ।
 

एजेन्सी

तपाईँको मत